कोरोना कहर : कालीकोटमा पसल जथाभावि खोल्ने नपाइने

7
SHARES
15
VIEWS

कालीकोट जेष्ठ । जिल्लामा पछिल्लो समय एकै पटक १९ जनामा देखिएको कोरोनका संक्रिमतका कारण जिल्लामा उच्च सर्तकता अपनाइएको छ ।

संक्रमित १९ जनालाई जिल्ला सदरमुकाम मान्ममा रहेको एकिकृत भवनमा संचालनमा ल्याइएको आइसोलेशनमा राखिए संगै बजारमा पनि उच्च सर्तकता अपनाइएको हो । सदरमुकाम मान्ममा दिनभर फाटफुट रुपमा संचालन हुने खाद्यन्न,खुद्रा तथा तरकारी लगाएतका पसल अब निश्चित समयमा मात्र खुल्ने भएका हुन । कालीकोट उद्योग वाणिज्य संघले मंगलबार देखि लागु हुने गरी विहान ६ बजे देखि विहान ११ बजे मात्र बजार खुला राख्ने भएको छ ।

दिनमा ५ घण्टा मात्र बजार खुला हुन्छ । अरु समय बजार पूर्ण बन्द गर्न लागिएको हो ।

कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतन शाहीका अनुसार सेवाग्राहीहरुलाई बजार खुला भए नभएको थाहा नहुने भएपछि अब देखि निश्चित समयमा बजार संचालनमा ल्याउन लागेको बताउनु भएको छ । भिडभाड अत्याधिक मात्रामा बढेकाले बजारलाई निश्चित समय खुला राख्न लागिएको अध्यक्ष शाहीले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले समेत माइकिंग गरेर लकडाउनलाइ पूर्ण पालना गरी सबैलाई उच्च सर्तकता अपनाउन अनुरोध समेत गरेको छ ।

कालीकोट जिल्लामा पछिल्लो समय भारतबाट नागरिकहरु आउन थाले पछि स्थानिय तहहरुले उच्च सर्तकता अपनाउन थालेका हुन । अहिले प्रत्येक नगर तथा गाउँ पालिकाहरुमा क्वारेन्टाइन व्यवस्थापनका लागि सम्पूर्ण जनप्रतिनिधिहरु खटिरहेका छन ।

जिल्ला सदरमुकाम मान्ममा पनि जिल्ला अस्पतालको मातहतमा आइसोलेसनको तयारीका साथै अन्य व्यवस्थापनमा लागि परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटीले बताउनु भएको छ । वहांले अहिलेको संकटपूर्ण घडिमा सबै स्थानिय तह,सुरक्षा निकाय बाट स्वस्थ्य क्षेत्रमा सहयोग पुगेको र जिल्ला भर स्वस्थ्य कर्मिहरुले दिन रात नभनि कठिन घडिमा जिम्मेवारी पुरा गरेको धन्यावाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित