जोर्डनसँग विश्वकप छनोटमा नेपाल पराजित

7
SHARES
15
VIEWS

काठमाडौं । एसियाली विश्वकप छनोटको समूह ‘बी’ मा नेपाल जोर्डनको हातबाट सोमबार ३–० ले पराजित भएको छ ।

कुवेत सिटीको जबर अल–अहमद इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपालले जोर्डनलाई ठूलो अन्तरको जित निकाल्नबाट रोक्न सफल भए पनि यो नतिजाले एसियाकप छनोट तेस्रो चरणमा प्रवेशका लागि गाह्रो भएको छ ।

जोर्डनलाई विश्वकप छनोटमा कायम रहन यो भन्दा ठूलो अन्तरको जित आवश्यक थियो । यो नतिजापछि नेपाल ६ अंकमै सीमित रहेर समूहको चौथो स्थानमा रह्यो ।

चिनियाँ ताइपेई भने शून्य अंकमा अन्तिम स्थानमा रहेको छ । छनोटमा कुल आठ समूह रहेका छन् र त्यसको चौथो स्थानमा रहने उत्कृष्ट चार टिमले एसिया कप छनोटको तेस्रो चरण खेल्नेछ । चौथो स्थानको अन्तिम चार रहने टिमले प्लेअफ खेल्नेछ ।

जोर्डनका लागि फैसलले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । रोहित चन्दले मुसा अहमदलाई लडाएपछि जोर्डनले पेनाल्टी प्रहारको अवसर पाएको थियो । फैसलको पेनाल्टी प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूले सही अनुमान लगाए पनि त्यो प्रहार निकै शक्तिशाली रहेको थियो ।

फैसलले ४९ औं मिनेटमा फ्रिकिकबाट दोस्रो गोल गरे र यो भने उत्कृष्ट रह्यो । लगभग ३० यार्डबाट फैसलले गरेको शक्तिशाली प्रहार नेपालले तेर्साएको मानवीय पर्खाल र गोलरक्षक लिम्बूलाई ‘बिट’ गरेर गोलमा परिणत भएको थियो । खेलको ६७ औं मिनेटमा यजान अब्दुल्लाहको क्रसमा यजान अलअरबले हेडबाट तेस्रो गोल थपे ।

नेपाली गोलरक्षक तथा कप्तान किरणले खेलका क्रममा केही उत्कृष्ट बचाउ गरे । यसले जोर्डनलाई थप गोल गर्नबाट रोकेको थियो । नेपालले भने पूरा खेल अवधिमा जोर्डनविरुद्ध कुनै पनि बेला सटिक मान्न सकिने आक्रमण बुन्न सकेन । नेपालको तुलनामा जोर्डनका खेलाडी शारीरिक रूपमा बलियो र अग्ला थिए । यसले जोर्डनलाई स्पष्ट फाइदा पुगेको थियो ।

कुवेतको गर्मीमा नेपाली खेलाडीलाई खेल्न गाह्रो भएको पनि देखिएको थियो । खेलका क्रममा मैदानको तापक्रम ४१ डिग्री सेल्सियस रहेको थियो । त्यसैले प्रत्येक हाफमा ‘कुलिङ–ब्रेक’ को आवश्यकतासमेत परेको थियो । जोर्डनविरुद्ध नेपालले खेलेका चार खेलमा यो तेस्रो हार हो । यसपल्टको छनोटको पहिलो लेगमा नेपाल जोर्डनसँग ३–० ले नै पराजित रहेको थियो । नेपालले नयाँ प्रशिक्षक मोहम्मद अलमुताइरीको नेतृत्वमा खेलेको तेस्रो खेल रह्यो ।

अब नेपालले शुक्रबार समूहको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाको सामना गर्नेछ । त्यस खेलसँगै नेपालको विश्वकप २०२२ को छनोट यात्रा टुंगिनेछ । नेपालले अब एसियाकप छनोट तेस्रो चरण अथवा एसियाकप छनोट प्लेअफ खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित