कालीकोटमा कोरोना विमा शुरु

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लामा कोरोना विमा शुरु भएको छ । देशभर कोरोनाको संख्या बृद्धि भइरहेको अवस्थामा कालीकोट जिल्लामा पनि कोरोना विमाको शुरुवात भएको छ । जिल्लामा पहिलो पटक संघ संस्था तथा व्यवसायिहरुको सुरक्षालाई ध्यान दिदै कोरोना विमा शुरु गरेको बताइएको छ । शिखरर इन्सुरेन्स कम्पनि लि.को साझेदारीमा पहिलो पटक कोरोना विमा शुरु गरेको हो ।

जिल्ला स्थित शिखर इन्सुरेन्स लि.का शाखा इन्चार्ज खगेन्द्र बहादुर शाहीले यस अघि पशुपन्छि,कृषि तथा फलफुल र मानिसको दुर्घटना विमा गर्दै आएको विमा कम्पनिले कोरोना विमा गर्न थालेको बताउनु भएको छ ।

अहिले कोरोना विमा गर्नेको संख्या बढ्न थालेको बताउनु भएको छ । कालीकोटमा जेष्ठ महिना सम्म १ सय ३० जनाले कोरोना विमा शुरु गरेको शाहीले बताउनु भयो । विमा गर्दा एक जनाको शुल्क एक हजार लाग्ने र एकै घरका दुइ जना बढि विमा गरेमा ६सय रुपैयामा विमा गरिने बताउनु भएको हो ।

कोरोना विमा गरेको व्यक्तिमा कोरोना संक्रमित भइ किट परिक्षणका क्रममा पिसिआर रिर्पाेट दुई पटक पोजेटिभ भएको देखिएमा डाक्टरको सिफारिसमा विमांक रकम भुक्तानि हुने प्रावधान तोकिएको कम्पनिका शाखा इन्चार्ज शाहीले बताउनु भएको छ । कालीकोट जिल्लामा जिवन विमा गर्नेको संख्या व्यापक भए संगै कामदार तथा सवारी साधन र मानविय दुर्घटना विमा गर्नेको संख्या बढेको छ ।
अहिले कालीकोट जिल्लामा फलफुल तर्फ स्याउ,कृषि तर्फ हिउंदे तथा वर्षे वालिको विमा गर्ने क्रम बढ्ने थालेको एभरेष्ट इन्सुरेन्स कम्पनिका बजार व्यवस्थापक लोकजंग शाहीले बताउनु भयो । वहां भन्नु हुन्छ जिवन विमा तर्फ बढ्दा्े आकर्षण संगै दुर्घटना विमाको क्रम पनि त्यतिकै चासोको विषय बनेको छ । यस आर्थिक वर्षमा एभरेष्ट इन्सुरेन्स कम्पनिबाट मात्र ५० लाख रकम विमा राहत वापत भुक्तानि भएको शाहीको भनाई रहेको छ ।

हामीले ग्रामिण क्षेत्रमा भेडा,बाख्रा,भैसि लगाएतको विमा गर्न थाले पछि पशुपालन कृषकहरुलाई ठुलो राहत मिलेको शाहीको भनाई रहेको छ । विमा राहत वापत वर्षेनि ३२ लाख रकम भित्रिएको र लक डाउनका कारण ३० लाखको हाराहारीमा भूक्तानि दिन बांकी रहेको शिखर इन्सुरेन्स कम्पनि लि.का इन्चार्ज खगेन्द्र शाहीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित