कस्तो छ पचालझरना ? किन परेन संघिय सरकारको नजरमा (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना नेपालको अग्लो झरना हो । यसको उचाई ३८१ मिटर अग्लो छ । नेपालको अग्लो पचालझरना भएपनि संघिय सरकारको नजरमा पर्न सकेन ।

यसको संरक्षण प्रवद्धनका लागि कर्नालि प्रदेश सरकार देखि संघिय सरकारको प्राथमिकतामा नपरेपछि स्थानिय सरकार र सरोकारवाला निकायहरु आक्रोसित बनेका छन । पचालझरना प्रति संघिय सरकारको पूर्वाग्राही सोच र पर्यटन सम्बन्धिको विकास गर्न नभई आफ्नो गाउँ ठाउँमा स साना पर्यटनमा लाखौं खर्च गर्ने प्रबृतिका कारण झरनामा ध्यान नगएको सरोकारवालाले बताएका छन ।
जिल्ला सदरमुकाम देखि १३ कोष उत्तर पश्चिममा पर्ने उक्त झरनामा जानका लागि सहजता आउने भएको छ । कर्नालि करिडोरको लालिघाट देखि करिव ४५किमि टाढा पर्ने पचालझरना गाउँ पालिकाको लाफा पुल सम्म स साना जिपमा पुगिन्छ भने लाफाको गाउँ हुंदै चौथा सम्म मोटरसाइकलमा जान सकिन्छ ।

उक्त चौथा देखि खार्दु गाउँ सम्म यस महिना देखि सडकको निर्माण कार्य थालनि भएको छ । खार्दु गाउँ देखि करिव डेढ किलो मिटर पैदल हिंड्न पर्दछ । जहाँको लम्बा तथा चौडा गोरेटे बाटो बनाईको छ । पर्यटन तथा संस्कृति मन्त्रालयको सहयोगमा रेलिंङ सहितको व्यवस्थित बाटो बनाईको छ ।

टाढाबाट हेर्नका लागि शहिल पार्क बनाईको छ । सोही नजिक सामुदायिक पाहुना घर(होम स्टे) निर्माण भएको छ भने झरनाको नजिक पुग्नका लागि पुलको काम भइरहेको छ । पचालझरना सम्म जानका लागि स्थानिय सरकारले गर्नु पर्ने कामहरु अघि बढाए पनि सरोकारवाला निकायबाट थप व्यवस्थापनमा अभाव रहन गएको पर्यटकहरुको गुनासो रहेको छ ।

पचालझरना गाउँ पालिका वडा न. ३का वडाअध्यक्ष लोकजंग कठायतले यस वर्ष पचालझरना नजिक पर्ने खार्दु गाउँ सम्म सडक पुगाउने र अन्य व्यवस्थापनमा जोड दिने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाले सातौं गाउँ सभाका लागि अघि सारेको खाुर्द गाउँलाई पर्यटन गाउँ बनाउने योजना भने सडक निर्माणका कारण ओझेलमा परेको छ । उक्त योजनालाई निरन्तरता दिने बताइएको छ ।
धामिर्क मेला पर्वका अवसरमा पचालझरनाको अवलोकन गर्नेको संख्या एकै दिनमा १ सय ५० जना भन्दा बढि भएको स्थानियले बताएका छन । अहिले दिनहुं जसो आगन्तुकहरु एक पछि अर्काे आउनेको संख्या ह्वात्तै बढेको छ ।

स्थानिय नरेश शाहीका अनुसार सडकलाई व्यवस्थित स्थानिय सरकार र आवासको व्यवस्थापनका लागि स्थानियले ध्यान दिने हो भने आम्दानि संगै झरनाको अवलोकन गर्न ठुलो संख्यामा आउने बताए ।
पचालझरना गाउँ पालिकाले पहिलो प्राथमिकतामा पर्यटन सम्बन्धि योजनालाई अघि सारेकोर र पर्यटन मन्त्रालय मार्फत पर्यटन बोर्डमा सुचिकृत गरेर अघि बढ्ने योजना कोभिड १९ महामारीका कारण पछि परेकाले यसलाई आगामि वर्ष प्राथमिकतामा राख्ने पचालझरना गाउँ पािलकाका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

वहाँका अनुसार यस अघि पचालझरनाको आधिकारीक उचाई देखि सबै काम गरेकाले आउने वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्थापित गर्न लागि पर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित