पचालझरनामा प्रधानमन्त्रि रोजगारका काम नमुना बन्दै (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका हरेक विकास निर्माणका कामको अनुगमन पछि भुक्तानि दिन थालिएको छ ।प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत भएका विकास निर्माणका काममा नमुना भएको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा उपाध्यक्ष तारा न्यौपानेको संयोजकत्वमा गठित अनुगमन समितिले स्थलगत रुपमा अध्ययन अवलोकन पछि भुक्तानि दिने गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा अहिले प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत सम्पन्न भएका योजनाहरुको स्थलगत अनुगमन मार्फत विकास निर्माणका काम नमुना बनेको पाइएको छ । गाउँ पालिकामा वडा न. १ देखि ९ सम्मका योजनाहरु ९ वटा रहेको र उक्त विकास निर्माणका लागि ३ सय ९७ जनाले रोजगार पाएका छन भने २ करोड ५२ लाख ४ हजार नौ सय वजेट रहेको बताइएको छ ।

पचालझरना गाउँ पालिकाका अनुसार विकास निर्माणका कामको सम्पूर्ण प्रक्रिया पुरा गरेको प्रतिवेदन पहिलो पटक प्राविधिक मार्फत आउने र त्यस पछि जनप्रतिनिधि मार्फत अनुगमन गर्ने गरिएको सव इन्जिनियर सुर्य खड्काले बताउनु भएको छ ।

अनुगमनले विकास निर्माणका काममा गुणात्मक आएको गाउँ पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा न्यौपानेले बताउनु भएको छ ।

पछिल्लो समयमा विकास निर्माणका काम तिव्रगतिमा अघि बढेको र गएको वर्षको तुलनामा यस वर्ष काम शन्तोष जनक भएको प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेलले बताउनु भएको छ । वहाँका अनुसार गएको वर्ष १ करोड ९० लाख रकम खर्च गर्न नसकेर फिर्ता गएको भएपनि यस वर्ष कुनै हालतमा रकम फिर्ता नपठाउने तयारीमा रहेको बताउदै जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायको सहयोगका कारण मात्र सम्भव भएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा सातौ गाउँ सभा मार्फत हरेक कामको मुल्याँकन हुने र सोही अनुसारको योजना अघि बढेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा सबै वडामा स्वस्थ्य सेवाको पहुंच,सडक संजाल लगाएतका सेवा पुगाउन सफल भएको अध्यक्ष सेजुवालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित