पेरूले कोलम्बियालाई हरायो, भेनेजुएला र इक्वेइडर बराबरी

7
SHARES
15
VIEWS

काठमाडौं । कोपा अमेरिका २०२१ मा पेरूले पहिलो जित हात पारेको छ।

५३ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले पेनाल्टीमा गोल गरे। बोर्जालाई पेरूका पेड्रो गालिसेले फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो।

६४ मिनेटमा पेरूले खेलमा दोस्रो पटक अग्रता लियो। पेरूका गुम्तोभोको कर्नरलाई रोक्ने क्रममा कोलम्बियाका येरी मिनाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

यता भेनेजुएला र इक्वेइडरले भने २-२ गोलको बराबरी खेलेका छन्।

३९ मिनेटमा प्रिसियाडोको गोलबाट इक्वेइडरले अग्रता लिएको थियो। भेनेजुएलका लागि कास्टिलोले ५१ मिनेटमा बराबरी गोल फर्काए।

७१ मिनेटमा प्लाटाले गोल गरेपछि इक्वेइडरले खेलमा दोस्रो पटक अग्रता लियो। तर इन्जुरी टाइममा भेनेजुएलाका हर्नान्डेजले टिमका लागि दोस्रो पटक बराबरी गोल गर्न सफल भए।

समूह ‘ए’ मा आयोजक ब्राजिल लगातर दुई खेलमा जित हात पार्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको कोलम्बियाको ३ खेलबाट ४ अंक छ। तेस्रो स्थानको पेरूको ३ अंक छ भने भेनेजुएला २ अंक जोडेर चौथो स्थानमा छ। पाँचौ स्थानको इक्वेइडरको १ अंक मात्र छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित