कस्तो भयो पचालझरनाको सातौं गाउँ सभा, कस्ले के भने, कहाँ कति बजेट ?(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाको सातौ गाउँ सभा भब्य र सभ्य तरिकाले कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहिको उपस्थितिमा सम्पन्न भएको छ । उक्त गाउँ सभामा आगामी वर्षको नीति तथा कार्यक्रम पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले प्रस्तुत गर्नु भएको छ भने आगामी वर्ष२०७८/०७९ को बजेट ३९ करोड ६४ लाख ७० हजार रकमको उपाध्यक्ष तारा न्यौपानेले प्रस्तुत गर्नु भएको छ ।गाउँ सभालाइ सम्बोधन गर्दै मुख्यमन्त्री शाहिले पचालझरनाको निति तथा कार्यक्रम बस्तुबादी आएको र कार्यन्वयनमा जोड दिनु पर्ने बताउदै रोजगार मैत्री गाउँ पालिका बनाउन आग्रह गर्नु भएको छ ।मुख्यमन्त्री रोजगारलाइ अब स्वरोजगार कार्यक्रममा रुपान्तरण गरिएको बताउदै कृषि खेती र पशुपालनमा जोड दिन अनुरोध गर्नु भएको छ ।त्यसै गरि भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहिले कर्नालिमा गोठालो भत्ताको ब्यबस्था गरेका छौ । त्यसका लागि सबैले अनुदानको भरमा हैन ऋणमा ब्याज अनुदान दिने र पशु पालन गर्ने कृषकलाइ मासिक भत्ता दिने र सोको लागि ५ भैंसी,५० भेडा तथा बाख्रा पालन,च्याङ्रा पालेमा गोठालो भत्ता दिने बताउदै एक वडा एक पकेट र एक प्राबिधिक समेत खटाउने बताउनु भएको छ ।                                      मर्मतमा १ करोडौं २५ लाख ,गाउँ पालिकाको प्रशासनिक भवनका लागि १ करोड,पर्यटन साझेदारीमा ७० लाख,नौ वटा वडालाई   अनुदान १ करोड ८ लाख ,सबै वडालाइ प्राशासनिक खर्च ५० लाख,स्वास्था शाखालाइ १ करोड ,शिक्षा तथा युबा खेलकुदलाइ एक करोड एक लाख,पशु शाखालाइ २५ लाख,कृषि शाखालाइ ३० लाख,खर मुक्त छानालाइ ५० लाख,भैपरी मर्मतलाइ  ३० लाख,खानेपानी सरसफाइमा ४० लाख,बिपद ब्यबस्थापनमा २० लाख,अध्यक्ष कार्यक्रममा २० लाख,उपाध्यक्ष महिला रोजगार कार्यक्रममा १५ लाख, वातावरणमा २० लाख,सहकारी तर्फ ५ लाख,महिला तथा बालबालिकामा १५ लाख,सहिद स्मृति भवन तर्फ १५ लाख,पर्यटन तर्फ ५ लाख,डिपाआर ४० लाख,सुचना संचारमा २५ लाख,न्यायपालिकालाइ १० लाख,पदाधिकारी बिमा २० लाख,रोजागार शाखालाई २ लाख,अनुगमन नियमनमा १० लाख छुट्याइएको छ । आगामी वर्षको  नीति तथा कार्यक्रममा   बिगत वर्षका योजनाहरुलाइ निरंतरता दिदै जेेष्ठ नागरिकलाइ सम्मान  कृृृषकलाइ कृृषि फार्म ,बृक्षारोपण,बिपद ब्यबस्थापन र पर्यटन प्रबर्द्धनमा विशेष जोड दिने बताइएको छ । गाउँ सभाले  उत्कृष्ट काम गरेका १० जना शिक्षक कर्मचारीलाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित