रोकिएको जनगणना पुनः सुरु हुँदै

7
SHARES
15
VIEWS

काठमाडौँ। कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनः सुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ। गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कोरोना सङ्क्रमणका कारण असहज परिस्थिति निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्याङ्क लिन कार्यक्षेत्रमा पठाउने गरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिए। आगामी साउन अन्तिम सातादेखि सुरु गरी असोजको पहिलो सातामा सक्ने गरी कार्य तालिका बनाइएको उनको भनाइ छ। निर्देशक समितिले प्रस्ताव  गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ।

रेग्मीले भने, “पहिला असार ८ गतेभित्र जनगणना लिने कार्य सक्ने गरी कार्य योजना बनाएका  थियौँ। अब हाम्रो प्रस्ताव असोजको पहिलो हप्ताभित्र सक्ने भन्ने छ। जुन दिन तथ्याङ्क लिएर सक्छौँ, त्यही दिनको नेपालको जनगणना भनेर निकाल्छौँ।” कार्यालय स्थापनाको काम सम्पन्न गरी सामग्री व्यवस्थापनअन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ।

करिब ९ हजार सुपरिवेक्षकको छनोट गरिसकिएको छ। उनीहरूमध्ये केहीले ६ दिने तालिम लिइसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निषेधाज्ञाका कारण तालिम पूरा गर्न पाएका छैनन्। उनीहरूलाई नै फेरि १-२ दिनको पुनर् ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ। यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ। केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ। यसको बाह्रौँ शृङ्खला अहिले सञ्चालन हुँदै छ।

कोभिड सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै विभागले जनगणनामा खटिएर घरघरमा आउने सबै गणक तथा सुपरिवेक्षकहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोभिड सङ्क्रमणको जोखिम न्यून गर्ने मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था मिलाएको छ। सुपरिवेक्षक तथा गणकहरूले मास्क तथा फेससिल्ड लगाउने तथा स्यानिटाइजरको प्रयोग र भौतिक दूरी कायम गरी अन्तर्वार्ता सञ्चालन गर्ने गरी आवश्यक तालिम र व्यवस्था मिलाइएको विभागका उपमहा निर्देशक रेग्मीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित