गण्डकी सरकारमा कसरी मिल्यो ?

7
SHARES
15
VIEWS

पोखरा । गण्डकी सरकारको मन्त्रीहरूको कार्यविभाजन टुङ्गिएको छ ।

जेठ २९ गते गठन भएको मन्त्रिपरिषद्का ४ जना मन्त्रीले अहिलेसम्म जिम्मेवारी पाएका थिएनन् ।

आइतबारसम्म मन्त्रीको कार्यविभाजन सक्ने सहमति भएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए । दलहरूबीच भएको सहमति अनुसार तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्ने छन् ।

कांग्रेसबाट मन्त्री बनेका खड्काले यसअघि अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमा दावी पेश गरेका थिए ।

माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने छिन् ।

जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउनेछन् ।

बिना विभागीय मन्त्री राजीव गुरूङ उर्फ दीपक मनाङेले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलेका मनाङेले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित