कालीकोटमा लक डाउन २३ गते सम्म,विगतको भन्दा खुकुलो हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो एक साताका लागि थपिएको लक डाउन खुकुलो हुने भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आगामि अषाढ २३ गते सम्मका लागि लक डाउन अवधि थपेको हो ।

कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त निणर्य गरेको बैठकमा सहभागि जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक कटक महतले बताउनु भएको छ ।

साथै वहाँले कोभिड व्यवस्थापनका लागि प्राप्त रकमको सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिने र उक्त रकम सवारी साधन इन्धन तथा मर्मतमा खर्च गर्न सिफारिस गर्ने समेत बताउनु भएको छ ।

कालीकोट जिल्लामा पछिल्लो समयमा संक्रमितको संख्या न्युन भएकाले यातायातका साधन लगाएतका पसलहरु क्रमस खुलाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित