जिल्ला समन्वय समितिले थाल्यो विकास निर्माणको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । विकास निर्माणका कामको अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समिति कालीकोटले स्थलगत अनुगमन थालेको छ ।

कालीकोट जिल्लामा कर्नालि प्रदेश सरकार द्धारा संचालित योजनाहरुको अनुगमनका क्रममा आज खांडाचक्र नगरपालिकाको बरांतु लगाएतका ठाउँमा अनुगमन गरिएको बताइएको छ । अनुगमनका क्रममा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाही, उपप्रमुख लक्ष्मि विष्ट,प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक लगाएतको उपस्थितिमा अनुगमन गरिएको बताइएको छ ।

जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले संघ र प्रदेशका योजनाको अनुगमन थालनि गरिएको बताउनु भएको छ । वहाँले लक डाउनका कारण अवधि छोटो भएको र हेर्नु पर्ने योजनाहरु थुप्रै भएकाले कामको गुणस्तरमा जोड दिने बताउनु भएको छ ।

विगत वर्ष देखि अनुगमनको काम शुरु गरेको जिल्ला समन्वय समिति कालीकोटले यस वर्ष पनि अनुगमन थालनि गरेको छ । विकास निर्माणको कामको अनुगमनका लागि सोमबार तिलागुफा जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित