सर्वोच्चमा आज विपक्षी अधिवक्ताहरूले बहस गर्ने

7
SHARES
15
VIEWS

काठमाडौं  । प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस सकिएको छ ।

प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो अवधिमा निवेदक पक्षका ३६ जना कानून व्यवसायीले बहस गरेका छन् ।

आइतबार मात्र १६ जना कानून व्यवसायीले बहस गरेका छन् । अधिकांशका समय पाँच मिनेट तोकिएको थियो । सोमबारदेखि विपक्षीका तर्फबाट बहस सुरु हुनेछ । प्रारम्भमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ ।

आइतबार निवेदक पक्षको बहस सकिएपछि सोमबारदेखि विपक्षीको बहस प्रारम्भ हुँदैछ । सरकारी वकिलका तर्फबाट मुद्दाको प्रतिरक्षा प्रारम्भ हुनेछ । सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका लागि इजलासले १५ घण्टा समय दिएको छ । जसमा सरकारी वकिलसँगै प्रत्यार्थी तर्फबाट निजी कानून व्यवसायीका लागि समय लागू हुनेछ ।

सरकारी वकिलको नेतृत्व महान्यायाधिवक्ता बडालले गर्दै छन् । पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलगायतका सरकारी वकिल पनि प्रतिरक्षामा आउनेछन् ।

सभामुखका तर्फबाट पाँच जना कानून व्यवसायीले बहस गर्ने तय भएको छ । यसअघि पनि बहस गर्नुभएका श्यामकृष्ण खरेल, लवकुमार मैनाली र श्रीकृष्ण सुवेदीले निरन्तरता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित