कालीकोटमा यसरी मनाइयो धान दिवस(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । राष्टिय धान दिवसको अवसरमा जिल्ला सदरमुकाम मान्ममा रोपाई संगै धान दिवस मनाइएको छ ।

जिल्ल कृषि विकास कार्यालय कालीकोटको आयोजनामा खांडाचक्र नगरपालिकाको वडा न.२ मान्मको गाउँमा रोपाई शुरु गरिएको जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितिमा दिवसन मनाइएको हो । धान उत्पादनमा बृद्धि खाद्य सुरक्ष, आत्मनिर्भरता र सम्बृद्धि भन्ने मुलनाराका साथ मनाइएको १८ औं राष्टिय धान दिवस मनाइएको बताइएको छ ।

कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा खांडाचक्र नगरपालिकाका  प्रमुख जसि पाण्डे, खानेपानि तथा उर्जा इकाइ कार्यालय कालीकोटका प्रमुख मंगल शाही, जिल्ला जनस्वस्थ्य कार्यालय कालीकोटका प्रमुख कटक मतह लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको खांडाचक्र नगरपालिकाका कृषि शाखाको प्रमुख पशुराम काफ्ले लगाएतको उपस्थिति रहेको बताइएको छ ।

त्यसै गरी जिल्लाको पचालझरना गाउँ पालिकाको भुराबगरमा समेत धान दिवस मनाइएको हो । आज अषाढ १५का दिनमा रोपाई संगै धान दिवस मनाउने र दहि च्युरा खाने चलन रहेको छ ।

@# तस्विर पशुराम काफ्ले र कटक महतको फेसबुक वालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित