कालीकोट । कोरोनाका कारण ज्यान गुमाएका जगत शाहीका परिवारलाई राहत स्वरुप सहयोग गरिएको छ । खांडाचक्र नगरपालिकाको पुरानो बसपार्कमा होटेल व्यवसाय गर्दै आएका जगत शाहीको श्रीमति जेनिशा शाहीलाई क्रिया खर्च स्वरुप ५ हजार सहयोग गरिएको हो ।
संस्थाका अध्यक्ष काली बहादुर महताराले उक्त राहत प्रदान गर्नु भएको हो । संस्थाले विमित सदस्यहरुको दुर्घटना, कालगतिमा मृत्यु भएपछि राहत दिने गर्दै आएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।
वहाँका अनुसार हिमचुलि कृषि सहकारी संस्थाले आफ्ना सदस्यहरुको मृत्यु भएमा क्रिया खर्च देखि बन्ध्याकरण,आवास क्षति र सुत्केरी खर्चको व्यवस्था गर्दै आएको बताउनु भएको छ ।
Discussion about this post