कालीकोट । खांडाचक्रको सेरी देखि महावैको पान्तडी सम्मको सडकको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाहीले सिलान्यास गर्नु भएको छ । लामो समय देखि निर्माणधिन रहेको उक्त सडक प्रदेश सरकारको लगानिबाट सिलान्यास गरिएको छ ।
उक्त सिलान्इास कार्यक्रममा शुभकालिकाका अध्यक्ष खडानन्द चौलागाई, उपाध्यक्ष पम्फा शाही लगाएतको उपस्थिति रहेको बताइएको छ । २०५० सालमा शुरु भएको उक्त सडक सेरी भएर सदरमुकाम हुंदै दाहाँको पिलि हुंदै अघि बढेको थियो ।
तत्कालिन समयमा बनेको सडकको काम विचैमा रोकिएको थियो ।
Discussion about this post