अन्तराष्टिय सहकारी दिवसका अवसरमा कालीकोटमा बृक्षारोपण

7
SHARES
15
VIEWS

कालीकोट । ९९ औं अन्तराष्टिय सहकारी दिवसका अवसरमा कालीकोटमा बृक्षारोपण गरिएको छ ।

हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटले खांडाचक्रको गल्लिमा रहेको आफ्नै ४ हजार वर्गमिटर जमिनमा ओखर,टिमुर,दालचिनि लगाएतका विरुवा लगाइएको संस्थाले जनाएको छ ।

हिमचुलि कृषि सहकारी संस्थाले बृहत नर्सरी बनाउने र उक्त जमिनमा व्यापक मात्रामा विरुवा लगाउन थालेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र आचार्यले बताउनु भएको छ । वहाँका अनुसार डिभिजन वन कार्यालय कालीकोटको सहयोगमा उक्त बृक्षारोपण गरिएको बताउनु भएको छ । हरेक वर्ष जुलाई ३ गते अन्तराष्टिय सहकारी दिवस मनाउदै आएको छ ।

आज विश्वमा सहकारी स्थापना भएको ९९ वर्ष पुरा भएको अवसरमा देश भर विभिन्न कार्यक्रमहरु तय भएका छन ।

राष्टिय सहकारी महासंघले भर्जुअल मार्फत विभिन्न कार्यक्रम गर्ने बताइएको छ । उक्त कार्यक्रमका लागि दिउसो १२ ः ४५ वजे भर्चअल बैठक तय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित