योजना अनुगमनमा सक्रिय कालीकोट समन्वय प्रमुख शाही (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट ।पछिल्लो समयमा अस्वस्थका बावजुद जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाही निकै सक्रियताका साथ अनुगमनमा व्यस्त रहनु भएको छ ।

लामो समय देखि विरामी अवस्थामा रहनु भएको शाहीले यस आर्थिक वर्षमा दुई दर्जन बढि योजना अनुगमन गर्नु भएको छ । लकडाउनका कारण अनुगमनमा ढिलो भएको भएपनि खांडाचक्र नगरपालिकाको वडा न. ११बाट अनुगमन थाल्नु भएका प्रमुख शाहीले तिलागुफा नगरपालिका,नरहरिनाथ गाउँ पालिका र खांडाचक्र नगरपालिकाका प्रदेश र संघिय सरकारका योजनाको अनुगमन गर्नु भएको हो ।

जिल्ला समन्वय समिति कालीकोटले अनुगमनको जिम्मेवारी पाएको गएको वर्ष देखि जिल्लामा हरेक योजनामा अनुगमन थालिएको बताइएको छ । जिल्लाका विकास निर्माणका काममा गुणात्मक हुने र आगामि दिनमा कामको सहजता आउने भएकाले अनुगमन थालिएको समन्वय प्रमुख अनिपाल शाहीले बताउनु भएको छ । त्यसै गरी अनुगमन टोलिमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी नायव उपरिक्षक चक्र बहादुुर शाह लगाएतको टोलि समेत सहभागि भएको बताइएको छ ।

खांडाचक्र नगरपालिकाको चुलिमालिका माविमको पर्खालको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले वजेट अनुसारको योजना सम्पन्न भएकोमा धन्यवाद दिनु भएको छ । संघिय सरकारका सांसद दुर्ग बहादुर रावतको निर्वाचन क्षेत्र विकास कार्यक्रमको १५ लाख रकममा १ सय ६२ मिटर पर्खाल बनेको र बांकी ८ मिटर मात्र रहेको बताइएको छ । उक्त कामको जिम्मा लिएका सदानन्द चौलागाईले केही दिन भित्र पर्खाल बन्ने र नमुना बनाउने सोचका साथ आफुहरु लागि परेको बताउनु भएको छ । त्यसै गरी खांडाचक्र नगरपालिका उद्योग शाखाको आयोजनामा संचालित आय आर्जनका का लागि उद्यम विकास कार्यक्रम मार्फत दांहाको मोल्फामा २० जना महिलाहरुको सहभागितामा ढाका बुनाई शुरु गरिएको छ ।

उक्त ढाका बुनाई तालिममा सहभागिहरुले ४५ दिन भित्र सिप सिकेर व्यवहारमा लागु गर्दै आत्म निर्भर हुने बताएकी छन । चुलिमालिका साना किसान सहकारी संस्था लि.को अध्यक्ष मेर्मसरा शाहीले यस अघि प्रदेश सरकारको आयोजनामा संचालित ढाका बुनाई लाई निरन्तरता दिन पुन तालिमको आयोजना गरिएको बताउनु भएको छ ।अनुगमनका क्रममा साविकको पांखा गाविसको सेराबाडामा रहेको जनप्रभात माविको दुई कोठे भवनको अनुगमन गरिएको अनुगमन टोलिमा रहनु भएको पत्रकार रत्न कार्कीले बताउनु भएको छ ।  वहाँका अनुसार विकास निर्माणको योजनाहरुको अनुगमनका साथै गाउँका अन्य समस्याहरुको समेत अुनगमन गरिएको बताउनु भएको छ । सेराबाडाको गाउँ माथिको ठुलो ढुंगाको समेत स्थलगत अध्ययन गरिएको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले गाउँको माथिबाट ढुंगा खस्दा मानविय क्षति हुने भएकाले सतर्क रहन अनुरोध गर्नु भएको छ ।

त्यहाँका स्थानियले लामो समय अघि देखि प्रत्येक वर्ष एक मिटर तल बस्दै आएको ढंगाले आफुहरुलाई राम्रो संग सुत्न नदिएको बताए । स्थानिय मिन बहादुर मल्लले पहिले दुई जनाको ज्यान लिएको र आउने दिनमा समेत ज्यान लिने बताए । आफुहरुले सबैलाई आग्रह गरेको भएपनि कसैको ध्यान नपुगेको बताएका छन ।
यस संबन्धमा प्रमुख जिल्ला अधिकारी आचार्यले यसको निराकरण गर्न खांडाचक्र नगरपालिकाले गएको वर्ष दुई लाख बजेटले ढंगा फोर्न व्यवस्था गरेको भएपनि स्थानिय तयार नभएकाले सबैले लागि पर्नु पर्ने बताएका छन ।
कालीकोट जिल्लामा संघ र प्रदेशबाट संचालित योजनाहरुको गएको वर्षको तुलनामा यस वर्ष कोरोनाको कारण ढिलो हुन गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित