फुकोट हाइड्रोको मुआब्जा प्रती स्थानीयको आपत्ति,उचित मुआब्जा नपाए आन्दोलन गर्ने चेतावनी

7
SHARES
15
VIEWS

कालीकोट । रास्ट्रीय गौरबको योजनाका रुपमा रहेको फुकोट हाइड्रोको मुआब्जा प्रती रास्कोटका स्थानियले बिरोध जनाएका छ्न । रास्कोटको आरसिपी बजारमा आज भएको जग्गाधनिहरुको भेलाले जिल्ला प्रशासन कार्यालयमा अषाढ १८ गते बसेको बैठकले गरेको निर्णय प्रती बिरोध जनाएका छ्न ।

रास्कोटमा भएको भेलाले हाइड्रो बाट प्रत्यक्ष प्रभावितलाई प्रती बर्ग मिटर जग्गाको रास्कोट क्षेत्रको सडक लाइनमा १ हजार ८ सय, अन्य स्थानको १हजार ३ र पचालझरनाको सिकु क्षेत्रको जग्गाधनिलाइ १ हजार १ सय रुपैयाँ मुआब्जा दिने निर्णय भएकोमा जग्गाधनीले बिरोध जनाएका हुन ।

आज भएको भेलाले यस अघि गरेको निर्णयको आपत्ति ब्यक्त गर्ने, रास्कोट नगरपालिकाले गरेको निर्णय कार्यन्वयन गर्नु पर्ने,वडा हुँदै पालिका स्तरबाट जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने यदि सो निर्णय नसच्याए जग्गाधनिको भेलाले थप संघर्षका कार्यक्रम सार्बजनिक गर्ने भेलामा सहभागी काली बहादुर महताराले बताउनु भएको छ ।

यस अघि रास्कोट नगरपालिकाले जग्गाधनिलाइ प्रती बर्ग मिटर क्षेत्रफलका लागि २ हजार देखि ३ हजार रुपैयाँ तोकेको थियो । जिल्ला मालपोत कार्यालय कालीकोटले भने प्रती बर्गमिटर ४ हजार ७ सय तोकेको बताइएको छ ।

पचालझरना बासिले समेत जग्गाको मुआव्जा प्रति असन्तुष्टि जनाएका छन र पचालझरना गाउँ पालिकाको वडा न. १ सिकुका स्थानियले समेत वडा कार्यालय मार्फत गाउँ पालिकामा असहमित जनाउदै पत्र पेश गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित