विद्यार्थी भनेका रास्ट्रका सम्बाहक हुन -कृषि मन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले विद्यार्थी भनेका रास्ट्र चलाउने सम्बाहक भएको बताउनु भएको छ ।
अनेरास्ववियु कालीकोटले मान्ममा आयोजना गरेको विद्यार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले अहिलेको परिस्थितिमा प्रतिगामी कदमका विरुद्ध अबै विद्यार्थीले एक भएर अघि बढ्न अनुरोध गर्दै भोलिका देश चलाउने यौद्वाहरुले सहि समयको विश्लेषण गर्न सके मात्र रास्ट्रलाई आबस्यक पर्ने जनशक्ति उत्पादन हुने बताउनु भएको छ ।
अनेरास्ववियु कालीकोटका संयोजक अमित शाहीको अध्यक्षतामा भएको कार्यक्रममा खाडाचक्र नगरपालिका उपप्रमुख बिजया बिष्ट, नेकपा एमाले कालीकोटका सचिब चित्र सिंह गाउले लगाएतका नेताले कार्यक्रमलाई सम्बोधन गरेको बताइएको छ । कृषि मन्त्री शाही यति बेला कालीकोटका विभिन्न स्थानमा कार्यक्रताका साथै योजना अनुगमनमा ब्यस्त रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित