Skip

News Portal

  • खेलकुद बिकास समिति पदाधिकारीलाई स्वागत सङ्गै कार्यालय उद्घाटन

    कर्नालीसंचार संवाददाता२४ अषाढ
    ११२९ पटक
    २४ अषाढ

    कालीकोट । जिल्ला खेलकुद बिकाश समिती कालीकोटका पदाधिकारीलाई स्वागत सङ्गै कार्यालय उद्घाटन गरिएको छ । भुमी ब्यबस्था ,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको उपस्तिथिमा कार्यालय उद्घाटन गरिएको छ । जिल्ला खेलकुद बिकास समिती कालीकोटका अध्यक्ष गणेश बहादुर शाही को अध्यक्ष्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री शाहिले खेलकुदको बिकाशले रास्ट्र बलियो हुने भएकाले सबैले खेकुदका क्षेत्रलाई अघि बढाउनु पर्नेमा जोड दिनु भएको छ ।उहाँले कर्नाली प्रदेश सरकारले कर्नालिका सबै पुर्ब खेलाडीलाई बेतनको ब्यबस्था गर्न उचित बजेट छुट्याइएको बताउदै सबै तहमा खेल मैदान बनाउन अनुरोध गर्नु भएको छ ।
    कार्यालय उद्घाटन कार्यक्रममा कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्य, डिएसपी चक्र बहादुर शाह,नेकपा माओवादी केन्द्रका अध्यक्ष धन्जित शाही, नेपाली काङ्ग्रेसका युबा नेता मनराज शाही लगाएतका नेता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
    बैशाखमा कालीकोटको खेलकुद बिकाश समितिका अध्यक्षमा नियुक्ति पछि गणेश बहादुर शाहिले कार्यालय उद्घाटन गर्दै जिल्लाको खेल्कुद क्षेत्रको बिकाशका लागि आफू लागि पर्ने बताउनु भएको छ ।                                                           उक्त कार्यक्रममा पुर्व खेलाडी मनराज शाहीले बिगतमा पहुच र सम्बन्धका आधारमा राम्रा खेलाडी पछि पर्ने भएकाले नेतृत्वले ध्यान दिनु पर्ने बताउनु भएको छ ।                                        पदाधिकारीलाई शुभकामना मन्तब्य दिदै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष धनजित शाहीले भलिबललाइ रास्ट्रीय खेल बनाएपछी राम्रो भएको तर पुर्बाधारको नाममा खेल मैदान ब्यबस्थित बनाउनु पर्नेमा सुझाब दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस्