कालीकोट । भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाहीले कर्नालि प्रदेशका पूर्व खेलाडीलाई वेतनको व्यवस्था गर्न लागेको बताउनु भएको छ । युवा उमेरमा खेल क्षेत्रमा लगानि गर्ने र वृद्ध भएपछि विना शाहाराको जिवन यापन गर्न कठिन हुने भएकाले जिवनका अधिकांस समय खेल क्षेत्रमा दिएका खेलाडीलाई गुजारा चलाउन प्रदेश सरकारले आवश्यक व्यवस्थापन गर्न लागेको बताउनु भएको हो ।
जिल्ला खेलकुद विकास समिति कालीकोटका पदाधिकारीलाई स्वागत तथा अभिनन्दनका साथै कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि शाहीले उक्त कुरा बताउनु भएको हो ।
प्रदेशका १० वटै जिल्लाका खेलाडीहरुको सुचि पेश गर्न अनुरोध गर्द मन्त्रि शाहीले कर्नालि प्रदेशमा राष्टिय गौरवको आयोजनाका रुपमा प्रदेश स्तरिय रंगशाला आगामि दुई वर्ष भित्र सम्पन्न गर्ने र राष्टिय खेलकुद प्रतियोगिता समेत कर्नालि प्रदेशमा हुने भएकाले आर्थिक वर्ष २०७८।०७९मा टेण्डर गर्ने बताउनु भएको छ ।
के कति बवेट हो र कसरी व्यवस्थापन गर्ने बारेमा कुरा चलिरहेको मन्त्रि शाहीको भनाई रहेको छ ।
कर्नालि प्रदेशका १० वटै जिल्लामा एक पालिका एक खेलमैदानको अवधारणा अघि सारेको प्रदेश सरकारले हाइ अल्टिच्युटको रंगशाला समेत जुम्लामा बनाउने तयारी भएको दावि गर्नु भएको छ ।
मन्त्रि शाहीले अब खेल क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो । कालीकोट जिल्लाको खेल क्षेत्रका लागि निरन्तर अघि बढ्नु भएको नरेन्द्र बहादुर शाहीको स्मरण गर्दै कालीकोटको खेल क्षेत्रमा वहाँको ठुलो योगदान रहेको मन्त्रि शाहीले उल्लेख गर्नु भएको छ ।
Discussion about this post