घरमै बसेर जग्गा खरिद बिक्री गर्न अभ्यास सुरु

7
SHARES
15
VIEWS

काठमाडौं । भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु गरेको छ।

आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने।

उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ। यसअघि अनलाइन प्रणालीमा नजोडिएका डोल्पा, मुगु, रुकुम पश्चिम, मनाङ, मझगवा रुपन्देही, मजुवाबजार गुल्मी, सिर्दिबास गोर्खा र खोटाङ बजारस्थित ८ मालपोत कार्यालयमा भर्चुअल माध्यमबाट भूअभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) शुभारम्भ गरिएका छन्।

गत वर्षसम्म १०८ मालपोत कार्यालयहरूमा अनलाईन प्रणाली सञ्चालन गरिएको थियो । बाँकि १८ वटा मालपोत कार्यालय चालु आवमा यो सेवा विस्तार गरिएको हो । २०७२ साल साउन २५ गते पहिलोपटक मालपोत कार्यालय कलंकीबाट सुरु गरिएको अनलाइन सेवा बुधबारदेखि देशभर पुगेको छ।

घरबाटै जग्गा खरिद बिक्री गर्न विभागले एलआर आइएमएस प्रणालीलाई नागरिक एपसँग जोड्ने योजना बनाएको छ । त्यसपछि सबै जग्गा धनीको औंठा छाप र हस्ताक्षर संकलन गर्ने र संकलित औंठा छाप र हस्ताक्षरलाई अद्यावधिक गर्न विभागको तयारी छ। सबै जग्गाधनीको हस्ताक्षर र आंैठा छाप संकलन भइसके पछि जग्गा धनीले घरमै बसेर आफनो लिखत आफै तयार गर्न सक्छन्। सेवा ग्राहीहरूले आफ्नो लिखत आफैं तयार गर्न विभागले सबै सेवाग्राहीलाई भु सेवा केन्द्र उपलब्ध गराएको छ। आफनो लिखत आफैं तयार गर्न नसक्नेहरूकोलागि भने लेखापढी व्यवासायीहरूको भुमिका सहयोगी हुनेछ।

सेवाग्राहीले जग्गा खरिद विक्री या जग्गा सम्बन्धी कारोबार गर्न चाहेमा त्यस्ता सेवा ग्राहीहरूलाई मालपोत कार्यालयले आइडि र पासवर्ड उपलब्ध गराउछ। उक्त आइडि र पासवर्ड प्रयोग गरेर जग्गाधनीले आफनो सबै विवरण अनलाइनबाट फाराम भर्नसक्ने व्यवस्था गरिएको छ। जग्गाधनीले भरेको फाराम ठिक भएपछि घरमै बसेर जग्गाको काराबार गर्न मिल्ने गरी विभागले अभ्यास सुरु गरेको छ । नागरिक दैनिकमा भुवन शर्माले समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित