नेपालि कांग्रेस कालीकोट सभापतिमा मोतिराज बम आंकाक्षि

7
SHARES
15
VIEWS

कालीकोट । देशभरी नेपालि कांग्रेसको १४ औं महाधिवेशनले तताएको राजनैतिक मावल भने कालीकोटमा सुनसान देखिएको छ । नेताहरु स्थानिय स्तरमा कार्यक्रता रिजाउन र केन्द्रिय स्तरमा नेता देखि चाजो बांझो मिलाउन व्यस्त देखिन्छन ।

कालीकोटमा नेपालि कांग्रेसले जिल्ला सभापतिका आंकाक्षिहरु आधा दर्जन बढि रहेको भएपनि अहिले बाहिर खुल्न कसैले सकेका छैनन । यसै विच लामो समय राजनैतिक क्षेत्रमा लागेका पचालझरना गाउँ पालिकाका ४ निवासि मोतिराज बमले आफु जिल्ला सभापतिको आकांक्षि रहेको बताउनु भएको छ ।

कर्नालि संचारसंगको कुराकानिमा महासमित सदस्य समेत रहेका नेता मोतिराज बमले आफु जिल्ला सभापतिमा निर्वाचित भएमा बृद्धलाई पुरुस्कार, युवालाई अवसर दिनुका साथै अराजकता मुक्त पार्टी बनाउने बताउनु भएको छ । वहाँले पार्टीलाई गुट होइन गुड बनाउने दावि गर्दै टुट फुट विभाजनको ठाउँमा एक जुट बनाउने आफु संग अस्त्र भएको दावि गर्नु भएको छ ।

राजनैतिक शास्त्रमा एमए गर्नु भएका नेता बम २०४७ साल देखि नेपालि कांग्रेस संग आवद्ध रहदै विभिन्न भातृ संगठनमा काम गर्दै आएको र पार्टीको नेतृत्व दिएमा कुशलता पूर्वक विगतको भन्दा भविष्यमा फरक पन दिने ठोकुवा गर्दै आगामि राजनैतिक यात्रा अघि बढाउने सोच रहेको बताउनु भयो ।

विद्यार्थि देखि तरुणदल हुंदै  पार्टीको १३ औं महाधिवेशन अर्थात ७ औं जिल्ला अधिवेशनमा सबै भन्दा बढि मत ल्याउनु भएका नेता बम महासमिति सदस्यका साथै नेपालि कांग्रेसको केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य समेत हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित