पचाल्झरना २मा पशु सेवा कार्यालयबाट उन्नत जातका बोका बितरण

7
SHARES
15
VIEWS

कालीकोट । एक पालिका एक पकेट क्षेत्रको अवधारणा ल्याएको पशु अस्पताल तथा जिल्ला पशु सेवा कार्यालय कालीकोटले पचालझरना गाउँ पालिकाको वडा नम्बर २ खरकोट धमालिमा बोयर बोका बितरण गरेको छ ।उन्नत जातका बोयर बोका पाएपछी स्थानीयमा खुशियाली छाएको छ । बोयर बाख्रा पाल्ने धोका भएको तर आर्थिक अभाबमा कठिनाइ झेल्दै आएका धमालिका स्थानियले प्रदेश सरकार तथा जिल्ला पशु सेवा कार्यालय कालीकोटलाइ धन्यवाद दिएका छ्न । पिएलए कृषि समुहको आयोजना तथा पशु अस्पताल तथा जिल्ला पशु सेवा कार्यालय कालीकोटको २० लाख सहयोगमा पचालझरना वडा नम्बर २ मा १३ वटा आधुनिक खोर र २५ वटा बोयर बोका बितरण गरिएको वडा अध्यक्ष करबिर बिकले बताउनु भएको छ । कालीकोट जिल्लाका ९ वटै स्थानिय तहमा पशुपंक्षी पालन गरेर उत्पादनमा जोड दिन नमुना कार्यक्रमका रुपमा एक पालिका एक पकेट क्षेत्रक अभियान थालिएको जिल्ला पशु सेवा कार्यालय कालीकोटले जनाएको छ । यस पचालझरना गाउँ पालिका पशु शाखाले ३५ जना कृषकलाइ बोयर बोका र ८० जना कृषकलाइ भेडा बितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित