नरहरिनाथमा वडा कार्यालयमा तालाबन्दि, वडा अध्यक्षले मनपरी गरेको आरोप

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाले कामका लागि खाद्यान्न कार्यक्रममा काम गरेर रकम नपाएको भन्दै वडा न. ४का स्थानियले वडा कार्यालयमा तालाबन्दि गरेका छन ।

वडामा आएको १सय४४ क्विन्टलका दरले चामल वितरण गर्नु पर्नेमा वडा न.४को अदेलाबासिले ३ दिन काम गरेको भएपनि खाद्यन्न नदिएकाले तालाबन्दि गरेको बताएका छन । स्थानियले आफुहरुलाई जानकारी नदिई रातारात समिति गठन गरेको बताएका छन ।

वडाबाट लक्षित वर्ग छनोट गरेर बितरण गरियो हाम्रो वडाबाट सबै घरधुरिले १/१ प्याकका दरले चामल पाउने भनेर ३ दिन सम्म बाटो मर्मत गरेको तर साबिकका रुप्सा ५ का सबै घरधुरिलाई चामल नपाएकोमा विरोध गरेको काली सहकारीले बताएका छन ।

५० जना स्थानियले हस्ताक्षर सहित वडा कार्यालयमा टांस गरेको बताइएको छ ।

काम गरेको उचित ज्याला नपाएको स्थानियले आरोप लगाएका हुन । । उनका अनुसार सो रकम नपाउदा सम्म वडा कार्यालयको तालाबन्दि नखुल्ने बताएका छन ।
उता वडा अध्यक्ष नर बहादुर बोगटीले आफुले वडा न. ४ कामका लागि खाद्यन्न वापत सात लाख रकम आएको र उक्त रकम सबै वडा बासिलाई मिलाएर लिएको तर अदेला बासिले कति दिन कहाँ के काम गरेको हो आफुलाई जानकारी नभएको बताउदै सोही कामका लागि वडा कार्यालयमा तालाबन्दि कति दिन सम्म हुन्छ हुन्छ भन्दै चेतावनि दिनु भएको छ । वहाँले कसरी बन्द हुन्छ वडा कार्यालय हेर्दै जाने बताए ।

आफुले कुनै पनि हालतमा ति समुदायको लागि आएको चामल दिन नसकिने वडा अध्यक्ष बोगटीको दावि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित