आयोगहरु बृदाश्रमहरु जस्तै भएका छन –राष्टिय सभा सांसद जिवन बुढा

7
SHARES
15
VIEWS

कालीकोट । राष्टिय सभाका सदस्य तथा माओवादी केन्द्रका नेता जिवन बुढाले सरकारले नियुक्ति गरेका आयोगहरु बृद्धाश्रमहरु जस्तै भएको बताएका छन ।नयां नयाँ काम गर्ने युवाहरुलाई अवसर दिनु पर्नेमा नाति खेलाउने बाजेहरुलाई ल्याएर के नाटक गर्न खोजेको हो भन्दै राष्टिय सभामा दरिलो तर्क राखेका हुन । उनले देशको निति विधि निर्माण गर्न युवाहरुलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन ।

राष्टिय सभाको बैठकमा बोल्दै सांसद बुढाले नेपालमा विदेशमा पानिको वाल्टिमा पानि छर्केर कमाएको रेमिटान्सले चलेको देशमा युवाहरुले देश चलाउने अवसर नपाएको प्रति विरोध जनाउदै नेताहरुमा उमेरको हद लगाउनु पर्नेमा जोड दिएका छन ।

राष्टिय सभामा निति तथा कानुन बनाउने सभाका रुपमा लिनु पर्नेमा राजनैतिक प्रतिशोधका आधारमा अभिव्यक्ति दिएर कथा कविता भनेर समय वर्वाद नगर्न अनुरोध गर्नु भएको छ । यो देशमा देश हांक्ने युवाहरु ओझेलमा परेको र एकै व्यक्ति छ पटक चुनिएर आउने प्रथाको अन्त गर्नु पर्ने दावि गर्नु भएको छ ।

सांसद बुढाले प्रत्यक्ष निर्वाचित राष्टपतिय शासन लागु गर्ने कुराको बताउदै संविधान निर्माणमा माओवादी केन्द्रले नट अफ डिसेन्ट गरेको स्मरण गर्दै प्रतिनिधि सभा प्रधानमन्त्रि छान्ने र हटाउने काम बाहेक अरु केही नभएको र भएको सरकारले मिशन भिजन नभएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित