कालीकोट । युद्ध पर्यटकिय क्षेत्रको नामले स्थापित कालीकोटको पिलिमा स्थापना भएको पिलिको सामुदायिक होम स्टे बन्द भएको छ । कर्नालि प्रदेश सरकारको लगानिमा स्थापना भएको होम स्टे भने संचालनमा आएको छैन ।
खांडाचक्र नगरपालिकाको वडा न.७ पिलि स्थित स्थापना गरिएको होम स्टेको व्यवस्थापन अभावमा संकटमा आएको छ ।
प्रदेश सरकारले युद्ध पर्यटकिय क्षेत्र सहित होम स्टेको व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६।०७७मा कुल एक करोड ५० लाख बजेट विनियोजन गरेको बताइएको छ । उक्त बजेटले निर्माण भएका तिन वटा भवन जिर्ण हुनुका साथै प्रयोग विहिन अवस्थामा रहेका छन ।
तिनिहरुको प्रयोग त परै जाओस संरक्षणको समेत अभाव रहेको देखिएको छ । पिलिको खोलि बजारको तत्कालिन पिलि आक्रमण पछि निर्माण गरिएको मृतक नेपालि सेना स्तम्भ नजिक रहेको पहिलो भवनमा अहिले सुरक्षा कर्मि बस्दै आएका छन भने सो भन्दा माथि ¥यालिङ सहितको बाटो र विचमा अर्काे भवन रहेको छ ।
त्यसै गरी करिव एक सय मिटरको दुरीमा अर्काे भवन रहेको छ । यिनि भवन के का लागि बनाइएका हुन र के गर्न खोजिएको हो आफुहरुलाई थाहा नभएको स्थानियहरु बताउछन । उक्त भवन तथा अन्य सामाग्रिको हेरचाहका लागि चौकीदार राखिएको भएपनि व्यवस्थापन नहुनु दुःखको कुरा भएको स्थानिय व्यापारीको भनाई रहेको छ ।
सबैलाई युद्ध पर्यटकिय क्षेत्र पिलि भनेर लेखिएको बोर्ड बाहेक स्थानिय सरकारले अन्य व्यवस्थापनमा चासो नदिएको पिलि बासिको आरोप रहेको छ ।
जिल्ला समन्वय समितिका सदस्य तथा स्थानिय अक्कल मल्लले युद्ध पर्यटकिय क्षेत्रका लागि आएको बजेट मार्फत भवन तथा रयालिंग सहितको बाटो बनेको र थप वजेट व्यवस्थापन नभएकाले काम पूर्ण नभएको बताए । उनले भने पहिलो भवन युद्ध संग्राहलयको रुपमा प्रयोग हुने छ भने दोस्रो स्थानमा रहेको अन्तिममा रहेको भवन पर्यटन व्यवस्थापनका लागि बनाइएको बताउदै आगामि वर्ष २०७८।०७९का लागि आउने भनिएको डेढ दुई करोड आउने भनिएको छ उक्त रकम आएपछि व्यवस्थापन गर्ने तयारी भएको बताउनु भएको छ ।
पिलिबाट नेपालमा लोकतान्त्रिक आन्दोलन मार्फत तत्कालिन सरकारले घुंडा टेकेर गणतन्त्र आएको र उक्त कामको प्रशंसा गर्दै युद्ध पर्यटकिय क्षेत्र बनाउन खोजिएको बताए ।
स्थानिय सरकारले के गरेको छ भन्ने बारेमा खांडाचक्र नगरपालिका वडा न. ७का वडाअध्यक्ष रज बहादुर मल्लले प्रदेश सरकारले युद्ध पर्यटकिय क्षेत्रको प्रवद्धन र होम स्टे व्यवस्थापनका लागि भौतिक संरचना बनाएको र के कस्ता सामाग्रि बनाउने हो भन्ने बारेमा स्थानिय सरकार लागि परेको बताए ।
उनले भने निकट भविष्यमा त्यसको लागि प्रक्रिया अघि बढ्ने दावि गरेका छन ।
होम स्टेका संचालनमा भए नभएको बारेमा स्थानिय पुत्र मल्लले २०७२ सालमा स्थापना गरिएको कर्णालि सामुदायिक होमस्टे संचालनमा नरहेको बताए । तत्कालिन समयमा कर्नालि प्रदेश सांसद तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाही अध्यक्ष रहेको होम स्टे रहेको र विचमा केही व्यवस्थापनको अभावमा आफुलाई तदर्थ संचालकमा भनिएको तर पूर्ण जिम्मा नलिएको बताए ।
उनले भने २०७६।०७७मा प्रदेश सरकारले होम स्टेका लागि ३० लाख रकम विनियोजन गरेको भएपनि ७ लाखको काम गर्दा गर्दै रकम फिर्ता गएको बताए ।
अहिले सम्म उक्त रकम समुदायले नपाएको होम स्टेका सचिव समेत रहेका मल्लको दावि छ । स्थापनाको आसपासमा होम स्टेमा देशि विदेशी पाहुनाहरुको व्यवस्थापन गरेको स्मरण गर्दै अहिले भने संचालन नभएको मल्ले बताएका छन ।
सरकारले स्थापना गरेको भौतिक संरचना युद्ध पर्यटकिय क्षेत्रका लागि भएको र उक्त काम संग कर्नालि सामुदायिक होम स्टे संग कुनै पनि सरोकार नभएको होम स्टे संचालक मल्लले बताए ।
कालीकोट जिल्लाको सबै भन्दा पहिलो सामुदायिक होम स्टे सरकारको आशामा रहेका कारण बन्द भएको बताइएको छ । होम स्टेका संचालक मल्लले अब सामुदायिक स्तरमा व्यवस्थापन गरेर अघि बढाउन लागि परेको बताए ।
अहिले पार्टी भित्र मतभेद भएका कारण कृषि मन्त्रिको चासो नभएको बताउदै निकट भविष्यमा कर्नालि सामुदायिक होम स्टे संचालनमा आउने मल्लको भनाई रहेको छ ।
यस संबन्धमा खांडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डेले नगरपालिकाले होम स्टे र युद्ध पर्यटकिय क्षेत्रका लागि लगानि नगरेको बताउदै आगामि वर्ष युद्ध पर्यटकिय क्षेत्रको संरचना निर्माणका लागि बजेट व्यवस्थापन भएमो काम अघि बढ्ने बताउनु भएको छ ।
Discussion about this post