शन्चन । वैश्विकरुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तरराष्ट्रिय प्रयोगकर्तालाई पावर ईन्ह्यान्स्ड क्लाउडमा आधारित सेवा प्रदान गर्न एमेजन वेभ सर्भिसेज् (एडब्ल्यूएस), विश्वकै अग्रणी क्लाउडको छनोट गरेको घोषणा गरेको छ । यी सेवाहरुलाई ईप्राइभेसी, सीएसए स्टार र आईएसओ (आईएसओ/आईईसी २७००१, २७०१८, २९१५१) मार्फत प्रमाणित गरिएको छ ।
एडब्ल्यूएसमार्फत ओपोले आफ्ना प्रयोगकर्तालाई आफ्ना तस्विर, भिडियोज्, कन्ट्याक्ट्स, नोट्स लगायत आवश्यक डाटाहरु क्लाउडमा सहजै सञ्चय गर्न सुरक्षित डाटा स्टोरेज सेवा उपलब्ध गराउँछ ।
यो फञ्शनालिटी सपोर्ट गर्न ओपोले सिंगापोर, फ्रान्स र भारतमा रहेका एडब्ल्यूएसका ग्लोबल पूर्वाधारको प्रयोग गरी एमेजन अउरोरा र एमेजन सिम्पल स्टोरेज सर्भिस (एमेजन एसथ्री) लगायत क्लाउडमा आधारित सेवाहरु तैनातीलाई गति प्रदान गर्नेछ ।
ओपोको अनुपालन र सुरक्षा मुद्रामा थप सटिकता प्रदान गर्न कम्पनीले एडब्ल्यूएस क्लाउडट्रायल, एडब्ल्यूएस कि म्यानेजमेन्ट सर्भिस, एडब्ल्यूएस नेटवर्क फायरवाल। एडब्ल्यूएस सर्टिफिकेट म्यानेजर र एडब्ल्यूएस आर्टिफ्याक्ट्स लगायत एडब्ल्यूएस सेक्योरिटी सर्भिसेज् उपलब्ध गराउने जानकारी दिइएको छ ।
Discussion about this post