प्रचण्ड र विप्लव विचको भेटघाट अर्थ पूर्ण

7
SHARES
15
VIEWS

काठमाडौं । प्रधानमन्त्रि केपि ओलि संग तिन बुद्धे सहमति भएको विप्लव नेतृवको नेकपाका महासचिव विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विच भेटघाट भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेट भएको हो।

नेकपा महासचिव विप्लव प्रचण्डलाई भेट्न पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनसहित खुमलटार पुगेका हुन् ।

सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि गत वर्ष २१ फागुनमा विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आउने क्रममा विप्लवले आफ्ना नेता–कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता, बन्दी रिहाइलगायत सहमति गरेका थिए ।

तर, लामो समय भए पनि सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै पछिल्लो समय नेकपाका नेताहरू सरकारसँग असन्तुष्ट हुँदै आएका थिए । विप्लवसँग सहमति गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीको सत्ता बहिर्गमन भएको दोस्रो दिनै प्रचण्ड र विप्लवबीच भेट भएको हो । यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित