पचालझरनामा सार्वजनिक सुनवाइ गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा आर्थिक वर्ष २०७७।०७८मा गरेका काम कार्वाहीको सार्वजनिक सुनुवाई गरिने भएको छ ।

आर्थिक वर्षको समाप्ति संगै वर्ष भरीका काम कार्वाहीको समिक्षा गरेर आउने वर्षमा गर्ने कामका बारेमा अगाडी बढ्न वार्षिक समिक्षा गर्न लागिएको बताइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार आर्थिक वर्ष २०७८।०७९को साउन २ गते शनिवारका दिन सार्वजनिक सुनुवाईको आयोजना गरिएको बताउनु भएको छ ।

कोरोना महामारीका कारण प्रत्येक वडा स्तरमा गर्ने सार्वजनिक सुनुवाई हुन नसकेको भएपनि गाउँ पालिका भरीमा योजनाका बारेमा सार्वजनिक सुनुवाई गर्न लागिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा यस आर्थिक वर्षमा सडक,भौतिक पूर्वाधार तथा अन्य महत्वपूर्ण विकास निर्माणका काम सम्पन्न गरिएको गाउँ पालिकाले जनाएको छ । हरेक तिन तिन महिनामा गरेका काम कार्वाहीको सार्वजनिक सुनुवाई गर्नु पर्ने भएपनि अधिकांस स्थानिय तह र अन्य निकायले सार्वजनिक सुनुवाई गरेको पाइदैन । पचालझरना गाउँ पालिकाले भने जिल्ला स्तरमा सबै भन्दा अघि अघि सार्वजनिक सुनुवाइ गर्न लागेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित