ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिए

7
SHARES
15
VIEWS

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगेर निष्किएका छन् ।

शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ । बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए ।

बैठकमा वार्ता टोली संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति लिएर बोलेका थिए । शुरूमा बोल्न समय माग्दा उपस्थिति र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न भनिए पनि त्यसपछि रावलले बोलेका थिए । रावलले कार्यदलले काम गरिरहेको भन्दै पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

बैठकबाट बाहिरिने क्रममा नेता भीम रावलले पार्टी एकताका लागि बैठक रोक्न माग गरिए पनि अध्यक्ष ओलीले नमानेको बताए।

उनले भने,‘आज हामीले स्थायीसँगै संसदीय दलको बैठक नगर्न आग्रह गरेका थियौँ। ओलीजीले बैठकको पुस्तिकामा हस्ताक्षर गर्नुहोस् अनि बोल्नुहोस् भन्नु भएको थियो। तै पनि हामीले ४ देखि ५ मिनेट आफ्ना माग सुनायौँ। हामीले १० बुँदे सहमति कार्यान्वयन गरौँ भन्यौँ। एकता टुटाउने काम नहोस् भन्यौँ तर उहाँले मान्नु भएन।

रावलले आफूहरुले ओलीले बालकोट पुग्नासाथ दिएको अभिव्यक्तिले पार्टी एकतालाई अझै संकटमा धकलेको पनि बैठकमा सुनाएको बताए। उनले भने,‘हामीले ओलीजीको अभिव्यक्तिले गाह्रो परिस्थति ल्याएको भन्यौँ। तर ओलीबाट ठोस कुरा केही पनि आएन। उल्टै बैठक अगाडि बढाउनुहोस् भन्नु भयो।’

बैठक राेक्न नेता रावलसँगै भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट बैठकस्थलमा पुगेका थिए। रघुजी पन्त बिरामी भएकाले उनीहरुसँग गएनन्।

रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित