पचालझरनामा सार्वजनिक सुनुवाई शुरु

7
SHARES
15
VIEWS

कालीकोट । आर्थिक वर्ष २०७७।०७८को वार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाई शुरु भएको छ । पचालझरना गाउँ पालिकाको आयोजना तथा रेडियो प्रदेश आवाजको सहकार्यमा सार्वजनिक सुनुवाई भएको हो ।

पचालझरना गाउँ पालिकाका संचालित विभिन्न कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक सुनुवाई गरिएको हो ।

विगत वर्षहरुमा गाउँ पालिकाका प्रत्येक वडामा सार्वजनिक सुनुवाई गर्दै आएको पचालझरना गाउँ पालिकाले यस वर्ष कोरोनाका कारण गाउँ पालिका स्तरमा सार्वजनिक सुनुवाई गरेको हो । उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने,कार्यकारी प्रमुख शिवकुमार पौडेल, वडा अध्यक्षहरुका साथै विभिन्न विषयगत शाखाका प्रमुखहरुको उपस्थिति र सयौ जनताहरुको विचमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाईमा समुदाय स्तरबाट विभिन्न योजनाहरुको बारेमा विचार राख्ने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित