जनकपुर-जयनगर रेलको आइतबार परीक्षण गरिने

7
SHARES
15
VIEWS

जनकपुरधाम । जनकपुर-जयनगर रेल प्रतिघन्टा १२० किलोमिटरको गतिमा भोलि आइतबार परीक्षण हुने भएको छ ।

रेल संचालनपूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतबार हुन गैरहेको नेपाल रेल्वे कम्पनीका लिमिटेड महाप्रबन्धक गुरु भट्टराईले सूचना जारी गरेका हुन् ।

आफ्नो सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराए। भट्टराईका अनुसार  उक्त दिन भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ द्वारा स्पिड टेस्ट गरिने बताए ।

स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्र्याकमा शुरक्षा महत्वपूर्ण हुन्छ । त्यसैले आइतबार रेल्वे ट्र्याक वरपरका आम नागरिकलाइ ट्र्याकमा मान्छे, गाइ भैंसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्र्याकबाट दुरी कायम गरिदिन अनुरोध गरेका छन ।

टेस्टका क्रममा ट्र्याक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने रआइतबार बिहान ट्र्याक क्षेत्रमा माइकिङ समेत गरिने छ ।

यस सुचनाको अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेबार हुने र कानुन अनुसार कारबाही समेत गरिने हुँदा जिम्मेबार भइदिन जयनगर-जनकपुर-कुर्था खन्डका आम जनतामा अनुरोध गरिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित