पचालझरनामा उत्सवका रुपमा सार्वजनिक सुनवाई गरियो, गौरवका आयोजना संचालनमा आएको दावि(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला भर अन्य गाउँ पालिकामा विकास निर्माणका कामको बजेटको हिसाव कितावमा व्यस्त रहेको समयमा पचालझरना गाउँ पालिकाले भने आर्थिक वर्ष २०७७।०७८को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा आज गरिएको सार्वजनिक सुनुवाईमा गाउँ पालिकाका जनप्रतिनिधि, पत्रकार र समुदायको बाक्लो उपस्थितिमा सार्वजनिक सुनुवाई गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले आ आफ्नो धारणा राखेका छन । उनिहरुले पचालझरनाको विकासका लागि गरेका कामको प्रशंसा गर्दै आगामि दिनमा थप गुणात्मक तरिकाले काम गर्न सुझाव दिएका छन ।

गाउँ पालिकामा भएका कार्यक्रमहरुमा १८ स्थानमा सडक संचालन, ६ वटा वडामा स्वस्थ्य इकाई भवन निर्माण तथा संचालन,३६ वटा विद्यालयमा भौतिक संरचना निर्माण लगाएतका कृषि, पशु,सिचाई,खानेपानि,खरमुक्त गाउँ लगाएत एक दर्जन बढि काम सम्पन्न गरेको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

स्थानियले राखेका विचारहरुको जवाफ दिदै यस वर्षमा बांकी रहेका कामलाई निरन्तरता दिने बताउनु भएको छ । कालीकोट जिल्लामा सबै भन्दा पहिले सार्वजनिक सुनवाई गर्ने पचालझरना गाउँ पालिका रहेको छ ।

उक्त कार्यक्रममा पणेक्षामा राष्टिय स्तरको रंगशाला निर्माण, कोल्थे सिचाई र पचालझरना जोड्ने पदमार्ग तथा बन्ंिग पुल लगाएतका योजनाहरु राष्टिय गौरवका योजनाका रुपमा अघि बढेको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले सर्वाजनिक सुनुवाईमा सहभागि सबैलाई धन्यवाद दिनु भएको छ र सार्वजनिक सुनुवाइ कार्यक्रम रेडियो प्रदेश आवाजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित