कोरोना मृतकको मलामी जान बालबालिका र जेष्ठ नागरिकलाई रोक

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ । कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार गर्दा बालबालिकालाई समावेश गर्न नपाइने भएको छ। यसअघि दाहसंस्कारमा ६० वर्षमाथिका र दीर्घ रोगीहरूलाई मात्र प्रतिबन्ध लगाइएको थियो।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड-१९ कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ को पहिलो संशोधन स्वीकृत गरेसँगै बालबालिकालाई मलामी जान रोक लगाइएको हो।

‘यदि बिरामीको मृत्यु घरमै भएको अवस्थामा, परिवारका सदस्यहरूले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरूले सजगता अपनाई अन्त्येष्टि गर्नुपर्छ। बच्चा र ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई समावेश गराउनु हुँदैन,’ कार्यविधिमा भनिएको छ। तर संशोधित कार्यविधिमा दीर्घ रोगी समावेश हुन नपाउने उल्लेख छैन। यसअघिको कार्यविधिमा सो कुरा उल्लेख छ।

यसअघिको कार्यविधिमा भनिएको थियो, ‘६० वर्ष माथिका व्यक्ति र दीर्घ रोगीहरूलाई शवको नजिक जानुबाट रोक्नुपर्दछ।’

सरकारले बच्चालाई समावेश गर्न नहुने भने पनि कति वर्ष मुनिकालाई भनिएको हो स्पष्ट पारिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित