कांग्रेसको वडा तहको अधिवेशन स्थगित, भदौको महाधिवेशन पनि सर्नसक्ने

7
SHARES
15
VIEWS

 

काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशन अन्तर्गत साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले केन्द्रीय महाधिवेशन गर्नुपूर्व साउन १२ गतेदेखि वडा अधिवेशन तय गरेको थियो । वडा अधिवेशन शुरू हुन तीन दिन मात्रै बाँकी छँदा स्थगित गरेको हो । समयको चाप उच्च हुनु तथा जिल्ला जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा समस्या आएको रिपोर्टिङका आधारमा स्थानीय तहको सम्पूर्ण अधिवेशन स्थगित गरिएको कांग्रेसको भनाइ छ ।

साउन १२ गतेपछि छलफल गरेर वडा अधिवेशनको नयाँ मिति तय गर्ने कांग्रेसको तयारी छ । अधिकांश स्थानको क्रियाशिल सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको बताइएको छ ।

वडा अधिवेशन प्रभावित भएसँगै कांग्रेसको आगामी भदौका लागि तोकिएको महाविधेशनसमेत सर्नसक्ने सम्भावना रहेको तर तोकिएको मितिमा महाधिवेशन गर्न कांग्रेसले प्रयत्न भने गरिरहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित