विप्लव निकट नेकपाले गाउँ अभियान चर्कायो

7
SHARES
15
VIEWS

कालीकोट । प्रतिबन्ध पछि खुरा राजनैतिकमा आए संगै विप्लव नेतृत्वको नेकपाले राजनैतिक अभियान तिव्र पारेको छ । गाउँ देखि केन्द्र सम्म प्रगतिशिल कम्युनिष्टका नेता देखि राजतन्त्र निकट मानिने नेताहरु संग भेटघाट गर्दै आफ्ना राजनैतिक प्रस्तावहरु अघि सारेको छ ।

सोही अभियानका क्रममा कालीकोटका ग्रामिण क्षेत्रमा पनि कार्यक्रम तिव्र पारिएका छन । कालीकोट जिल्लाका ग्रामिण क्षेत्रमा राजनैतिक कार्यक्रम तिव्र पारेको छ । नेकपा कालीकोटले एक साता अघि जिल्ला स्तरका अगुवा कार्यक्रताहरुको भेलाबाट विभिन्न क्षेत्रमा संगठन निर्माण तथा भेला बैठक तिव्र पारिएको बताइएको छ ।

जिल्लाका विभिन्न स्थानमा नेकपाका केन्द्रिय सदस्य एटम विसि,कर्ण भण्डारी विराट,जिल्ला सेक्रेटरी मनिलाल ऐडी रण दिप लगाएतका नेताहरुको उपस्थितिमा राजनैतिक गतिविधि तिव्र पारिएको जिल्ल सेक्रेटरी मनिलाल ऐडी रणदिपले बताउनु भएको छ । वहाँका अनुसार आफ्नो पार्टीले पछिल्लो राजनैतिक घटनाक्रम अनुसार जनमत संग्रह मार्फत अघि बढ्न ग्रामिण स्तर देखि केन्द्र सम्म यसको महत्व बुझाउने बताउनु भएको छ ।

नेकपाका केन्द्रिय सदस्य एटम विसिले जनमत संग्रह मार्फत राज्य संयन्त्र परिवर्त गरेर मात्र सम्भावना रहेकाले जनतालाई महत्व बोध गराउदै अघि बढेको बताउनु भएको छ ।

पछिल्लो समयमा नेकपा कालीकोटले नरहरिनाथ,पलांता,पचालझरना, सान्नित्रिवेणि र खांडाचक्र नगरपालिकामा भातृ संगठन तथा विभिन्न कमिटिका बैठक शुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित