प्रदेश प्रमुखहरू हटाउने तयारीमा प्रधानमन्त्री देउवा, भागवण्डामा माधव समुह पनि…..

7
SHARES
15
VIEWS

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषद विस्तारको कामलाई तत्काल थाती राख्दै प्रदेश प्रमुखहरू हटाउने तयारी थालेका छन् ।

उनले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिरहेको बताइएको छ । निवर्तमान केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात वटै प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको स्रोतको दाबी छ ।

त्यसमध्ये केहीलाई तत्कालै हटाउने तयारी छ भने केहीलाई समयक्रमसँगै हटाउने बताइएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

स्रोतका अनुसार गठबन्धनका नेताहरूबीच भागवण्डाका आधारमा नयाँ प्रदेशप्रमुख नियुक्त गर्ने सहमतिबमोजिम पूर्ववर्ती सरकारले नियुक्त गरेको सबै प्रमुखहरू हटाउन लागिएको हो । भागवण्डाका आधारमा कांग्रेसले २ वटा, माओवादीले २ वटा, एमालेको माधव नेपाल पक्षले २ वटा र जसपाले एउटा प्रदेशमा प्रमुख पाउने भएका छन् ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा ‘अहिराज’, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित