कालीकोट । देश बिदेशमा बिप्लब नेतृत्व को नेकपाले गतिबिधी तिब्र पारे संगै भारतमा रहेका प्रवासी नेपालीहरु पनि सक्रिय हुन थालेका छन। प्रबासी जनसमाज भारत कर्नाटका राज्य संयोजन समिति केआर पुरम नगर समिति अन्तरगत कोकोनट गार्डन एरियामा भेला सम्पन्न भएको छ । नरेन्द्र बटालाको अध्यक्षता र केनिज बरालको संचालनमा प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय सचिवालय सदस्य तथा कर्नाटका राज्य संयोजक तेज तिरुवाको प्रमुख अतिथि र अतिथिमा केन्द्रीय सदस्य तथा केआर पुरम नगर समिति अध्यक्ष देवेन्द्र रावलको को उपस्थितिमा भेला सम्पन्न भएको हो । उक्त भेलाले तिलक कार्की को नेतृत्वमा १५ सदस्यीय अल्फा गार्डन् एरिया समिति गठन गरियो नव निर्वाचित समितिलाई सपथ ग्रहण गर्दै राज्य संयोजक तेज तिरुवा ले गराउनु भयको थियो। नवगठित एरिया समितिले एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न शुभकामना दिएको बताइएको छ ।
Discussion about this post