कालीकोट । १० वर्ष देखि भेडा पालन गर्दै आएका जुविथाका काली बहादुर शाहीले सो पेशाबाट मनग्य आम्दानि गर्न थालेका छन । बुवाको पुख्र्याैलि पेशा अंगालेका शाहीले घरमा भेडा बाख्रा पालन गर्नुका साथै जिल्ला भित्र तथा बाहिर मासु व्यवसाय गर्ने व्यवसायिहरुलाई खसिको व्यवस्थापन गर्दै आउनु भएको छ । वहाँले यस अघि पशुपालनका लागि चर्काे ऋण लिएर व्यवसाय गरेको भएपनि हिमचुलि सहकारी संस्था गाउँमा आउँदा आफुहरु जस्ता व्यवसायिलाई सहज भएको बताउनु हुन्छ ।
विगत लामो समय देखि भेडा पालनमा लागेका शाहीले पछिल्लो समयमा हिमचुलि कृषि सहकारी संस्था लि.बाट कर्जा लिएर व्यवसाय शुरु गरेको बताउनु भयो । ६ भाईको जेठो आफु भएको र तत्कालिन अवस्थामा पढ्ने वातावरण नहुंदा ति महिना मात्र स्कुल गएको अन्य पेशा केही नभएपछि भेडा बाख्राको गोठालो लागेको बताउने शाही अहिले छोरा छोरीको पढाई देखि अन्य स साना समस्याहरु समाधान गर्दै आएको भनाई रहेको छ ।
पहिलो पटक भेडा बाख्राका लागि घुम्ति व्यवसाय गरेको समयमा ३ लाख कर्जा लिएर शुरु गरेको बताउदै कृषक शाहीले अहिले विना धितोमा ५ लाख कर्जा लिएको बताउनु भएको छ । अहिले सम्म कुनै पनि निकायबाट सहयोग नपाएको बताउने शाहीले आफ्नै कर्ममा रमाउने भएकाले अरुको अनुदानको भर नपरेको बताउनु भयो । आफुले ६० भन्दा बढि भेडा रहेको र महिनामा ४ देखि ६ पटक जुम्ला लगाएतका ठाउँबाट भेडा खरिद गरेर विक्रि गर्ने गरेको बताउनु भएको छ । वर्षमा ४ देखि ६ लाख सम्म कमाई हुने गरेको बताउनु भएको छ ।
हिमचुलि कृषि सहकारी संस्थाको समन्वयमा तिलागुफा नगरपालिकाको कृषि शाखामा पशुपालन समुह समेत दर्ता गरेका शाहीले कृषि तथा पशुपालनका लागि के पाउने हो सो को जानकारी आफुलाई नभएको बताउनु भयो । वनजंगल विनास हुने भएकाले कृषकहरुले वनको संरक्षण गर्नुका साथै आर्थिक व्यवस्थापन समेत गर्दै आएको शाहीको भनाई रहेको छ । तिलागुफा नगरपालिकामा सबै भन्दा बढि भेडा तथा बाख्रा पालन गर्ने क्षेत्रका रुपमा चिनिदै आएको छ ।
हिमचुलि कृषि सहकारी संस्था लि. गाल्जे सेवा कार्यालयका व्यवस्थापक गजेन्द्र शाहीले भेडा तथा बाख्रा पालन गर्ने कृषकहरुलाई सहुलियत कर्जा प्रवाह गरेर व्यवसायका लागि सहयोग गर्दै आएको बताउनु भएको छ ।
जिल्लामा कृषि क्षेत्रलाई प्राथमिकता दिदै २३ करोड बढि कर्जा कृषिमा लगानि गरिएको संस्थाले जनाएको छ । कृषि क्षेत्रमा सदस्यहरुलाई सिप विकास तालिम देखि विभिन्न क्षेत्रमा लगानि गरेको बताइएको छ ।
काली बहादु शाही जस्तै जिल्लाका कृषकहरुलाई पशुपालनमा सहुलियत कर्जा प्रवाह गरेको हिमचुलि कृषि सहकारी संस्था लि. कालीकोटका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।
Discussion about this post