लुम्बिनी प्रदेश सांसद विमल खत्री किन भइन बेपत्ता

7
SHARES
15
VIEWS

काठमाडौं । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् विमला खत्री ओली सम्पर्क बिहीन भएको बताएको छ ।

प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्क बिहीन बनेको संसदीय दलका सचेतक तुलाराम घर्तीले जानकारी दिएका छन् ।

विमला बिहीबारसम्म सम्पर्कमा थिइन् । उनी अहिले सम्पर्कमा छैनिन् । फोनको लोकेसन जाँच गर्दा कहिले दाङ देखाउँछ, कहिले बुटवल देखाउने गरेको घर्तीले बताएका छन् ।

ओली केहीदिन अघि मात्रै दाङ आएकी थिइन् । दाङ आएपछि सम्पर्क बिहीन बनेको घर्तीले बताए ।

ओली दाङ क्षेत्र नं. ३ (ख)बाट निर्वाचित सांसद हुन् । उनका श्रीमान् तत्कालीन प्रदेश सांसद उत्तरकुमार ओलीको निधन पछि विमलालाई उपचुनावमा पार्टीले टिकट दिएर जिताएको थियो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा निर्वाचन भएको र पछि उनले दल रोज्दा माओवादी केन्द्र रोजेकी थिइन् ।

दाङ प्रहरी प्रमुख सुरेश काफ्लेको सम्पर्कमा आएकी छन् ।

एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा भएको दावी गरेका छन् । ‘मैले हिजो राति र आज बिहान फोन गरेको छु,’ एसपी काफ्लेले भने, ‘कान र घाँटीमा समस्या देखिएकाले उपचारका लागि नेपालगन्ज आएकी छु भन्नुभएको छ । उहाँ सम्पर्कमा नै हुनुहुन्छ ।’

विमलाले बिरामी भएकाले कसैको फोन नउठाएको बताएको एसपी काफ्लेले बताए । माओवादी केन्द्रले भने आफ्नो पार्टीका नेतासँग विमला सम्पर्कविहीन भएको भन्दै खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित