कालीकोटमा हुरेण्डेक नेपालले मनायो रजत वर्ष

7
SHARES
15
VIEWS

कालीकोट । मानव अधिकार, वातावरण र शुसासन सम्बन्धी काम गर्दै आएको कालीकोटको  गैरसरकारी संस्था हुरेण्डेक नेपालले रजत वर्ष मनाएको छ । कालीकोटको मान्ममा २०५३ साल आजकै दिन स्थापना भएको  मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल सस्थाले जिल्ला भित्र तथा बाहिर विभिन्न काम गर्दै आएको छ । आज कालीकोट जिल्लामा २४ वर्ष पार गरेर २५ वर्ष प्रवेशको अवसरमा रजत वर्ष मनाएको हो ।

कालीकोटका पलाता,पचालझरना,नरहरिनाथ,शुभकालीका लगाएतका स्थानीय तहमा बिकाश निर्माण तथा बन संरक्षण देखि बिपद जोखिमका काम गर्दै आएको छ । त्यति मात्र नभइ हुरेण्डेक नेपालले कोभिड महामारी तथा भुकम्प जोखिममा समेत सहयोग गर्दै आएको हुरेण्डेक नेपालका उपाध्यक्ष बिरेन्द्र बुढाले बताउनु भएको छ । संस्थाले कालीकोट जिल्लामा संस्थाका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा रजत वर्ष विशेष समारोह  गरेको बताइएको छ । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष जजराज शाहीले भाबी दिनमा जनसेवाका काम तिब्र पार्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित