उच्च अदालत जुम्लाबाट पलाताका दुई नेता निर्दोश साबित

7
SHARES
15
VIEWS

कालीकोट । पलाता घटनामा दोषी बनाइएका पलाता गाउँ पालिकाका माओवादी केन्द्रका दुई नेता निर्दोष साबित भएका छन । पलाता गाउँ पालिका वडा नम्बर १ का वडाअध्यक्ष मान बहादुर भण्डारी र तत्कालीन नेकपा पलाताका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र पलाता गाउँ कमिटीका अध्यक्ष बिष्णु रोकायालाइ निर्दोश साबित गरेको हो । बिगत दुई वर्ष देखि उच्च अदालत सुर्खेत जुम्ला इजलासले फैसला गर्द शुक्रबार सफाइ दिएको मान बहादुर भण्डारीले बताउनु भएको छ । बिगत दुइ वर्ष अघि उनिहरु र लक्ष्मण बमको समूह बिच झडप हुदा आरोपित बनाइएका थिए । पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमको परिवार माथि आक्रमण गरिएको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गरिएकोमा जिल्ला अदालत कालीकोटले फैसला गर्दा निर्दोष साबित गरेर माथिल्लो निकायमा पेश गरे पछि उच्च अदालत सुर्खेत को जुम्ला इजालाशले फैशला गरेपछि उनिहरुले न्यायलयले सहि नजरले हेरेर फैशला गरेको बताएका छ्न । पलाता गाउँ पालिकामा स्थानिय सरकारको नेतृत्व गर्दै आएका लक्ष्मण बम मनोमानी तरिकाले चल्न थाले पछि विधि र पद्धति अनुसार अघि बढ्न पटकपटक अनुरोध गर्दै आएको भएपनी बेवास्ता गर्दा स्थानीय र लक्ष्मण बमको समूह बिच दोहोरो झडप भएको थियो ।
अहिले पनि पलाता गाउँ पालिकामा अध्यक्ष बमको अहंकारका कारण मातृपाटी नेकपा माओवादी केन्द्रका नेतृत्व बिच मेल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित