रास्कोटमा मृतक तुलसाका आफन्तलाइ हिमचुलि द्वारा बिमा राहत सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाका एक स्थानीय मृतक महिलाका आफन्तलाइ हिमचुली सहकारी रास्कोट सेवा कार्यालयले बिमा राहत बापत ५५ हजार सहयोग गरेको छ । आइतबार एक कार्यक्रमका बिच मृतक तुलशा बिकको ४५ दिनको पुण्य तिथिमा श्रीमान प्रदिपे कामिलाइ ५५ हजार सहयोग प्रदान गरिएको सस्थाका रास्कोट सेवा कार्यलयका ब्यबस्थापक मनिका बोहराले बताएकी छ्न । उनका अनुसार राहत सहयोगमा सस्थाका अध्यक्ष काली बहादुर महतारा र संचालक मन तिरुवाको उपस्थितिमा कर्जा बिमा बापत ५० हजार र काजकिरिया खर्च ५ हजार गरि रु ५५ हजार सहयोग प्रदान गरिएको हो ।
उक्त बिमा राहत सहयोग कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष महताराले हिमचुली कृषि सहकारी सस्था लि ले सदस्यको दुर्घटना बिमा र कर्जा बिमा गर्दै जिवनमा बिपतम आइपर्ने समस्याको जोखिम न्यूनीकरण गर्न खोजेको बताउदै सस्थामा नियमित ढंगले सेवा लिन अग्रसर हुन आग्रह गर्नु भएको छ । यस अघि कर्जा बिमा गरेर मृगौला बिरामिका कारण मृत्यु भएकी शुभकालीका १ निवासि दुर्गा सुनारलाइ संस्थाले ५५ हजार बिमा राहत सहयोग गरेको थियो ।
हिमचुली कृषि सहकारी संस्था लि कालीकोटले छोटो समयमा सदस्यहरुमा बित्तिय तथा कृषि सम्बन्धि कार्यक्रम गर्दै आएको छ । संस्थाका जिल्लाभर ९ वटा सेवा कार्यालय रहेका छन भने १४ हजार सदस्य रहेको सस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र आचार्यले बताउनु भएको छ । उहाँका अनुसार २०६५ सालमा स्थापना भएको सहकारी संस्थाले सुपथ मूल्य पशल,एग्रोभेट लगाएतका काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित