नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ ।
लुकिछिपी रुपइडिहाबाट ल्याउदै गरेको १ काटुन मोबाइलका सामानहरू नेपालगन्ज–१५ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्यामकृष्ण अधिकारी आएपछि अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामग्रीहरूमाथि प्रहरीले कडाइ गर्दै आएको छ ।
बरामद गरिएका अवैध मोबाइलका सामग्रीलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post