खांडाचक्रको सिम्लागाड आन्तरिक पर्यटकको आकर्षण बन्दै (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समय खांडाचक्र नगरपालिकाको सिम्लागाडमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । गएको वर्ष आएको बाढिले खोलामा ताल(दह) पारेपछि उक्त तालमा नुहाउन आउनेको संख्या बढ्न थालेको हो । उक्त तालमा नुहाउने र सिम्लागाढमा रहेको माछा पालनमा रेम्बो ट्राउटको माछा खानेको संख्या बढेको हो ।

अहिले दिनहुं जसो सिम्लागाडमा सदरमुकाम मान्म लगाएतका आसपासका क्षेत्रका समुदायको रोजाई बन्न थालेको स्थानियले बताए । स्थानिय विष्णु शाहीका अनुसार आफुले रेम्बो ट्राउट माछा पालन गरेपछि माछाका् नयाँ स्वाद लिने संगै नुहाउन आउनेको संख्या बढ्न थालेको बताए ।

उनले भने सिम्लागाड भनेको पिलि क्षेत्र र सदरमुकाम क्षेत्रको लागि आकर्षण भएको बताए । यसको संरक्षण तथा प्रवद्धन गर्ने हो भने सिम्लागाड स्थायि रुपमा पर्यटकको रोजाई हुने बताए । पछिल्लो समयमा ठुलो संख्यामा आउने गरेको स्थानिय मनसिंह शाहीले बताए । यहाँ माछा पालन गरेपछि मान्छेहरुको अनिवार्य आगमन हुने गरेको उनले बताए ।
सिम्लागाड नुहाउनका लागि मात्र नभई सबै हिसावले आकर्षण भएकाले स्थानिय सरकारले लगानि गरेर व्यवस्थित गर्नु पर्ने खांडाचक्र नगरपालिका ४ निवासि सामाजिक अगुवा जगेन्द्र प्रसाद आचार्यले बताए ।

ताल आफै बनेको छ थोरै लगानि गर्ने हो भने सम्भावना धेरै बढेको बताए ।सो स्थानमा कर्नालि राजमार्गको सडक नजिक चट्टानमा रहेको नेपालको नक्सा समेत हेर्न पाइन्छ भने त्यसको नजिक रहेको युद्ध पर्यटकिय क्षेत्र पिलिको अवलोकन गर्न समेत पाइने भएकाले आन्तरिक मात्र नभई बाह्य पर्यटक समेत आउने गरेको स्थानियले बताएका छन ।

यसको संरक्षणका लागि के पहल भएको छ भन्ने बारेमा खांडाचक्र नगरपालिका वडा न. ६का वडा अध्यक्ष जगदिश शाहीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित