पचालझरना विशेष :- के ग-यो पचालझरनाले नमुना काम

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको नौ वटा स्थानिय तह मध्येको पचालझरना गाउँ पालिका साविकका तिन वटा गाविसहरु बदालकोट,राम्नकोट र नानिकोट मिलेर बनेको छ । यसको नामाकरण राम्नाकोटको वडा न. ७,८ र९मा रहेको नेपालको ३ सय ८१ मिटर अग्लो पचालझरनाको नामबाट नामाकरण गरिएको छ ।

उक्तगाउँ पालिकाको माथिल्लो क्षेत्र उच्चहिमाली क्षेत्रमा दुइ ठुला धार्मिक तिर्थ स्थल पुग र चुलिमालिका रहेका छन भने तल्लो क्षेत्रमा नेपालको सबै भन्दा लामो नदि कर्णालि बगिरहेको छ । यहाँका समुदायमा आफ्नै भेषभुषा,रहनसहन,धर्म सांस्कृतिक रहेको छ । विशेषगरी क्षेत्रि र दलित जातिको बाहुल्यता रहेको छ । पचालझरना गाउँ पालिकामा सालिन नेतृत्व पाएको छ । जुन व्यवहारले स्पष्ट पारेको छ ।


आफ्नै गतिमा अर्काको लहलहैमा लागेर हौसिने र काम नभएको होकी भनेर निरास नभइ सदावहार अगाडी बढ्ने गरिएको छ । थोरै पुंजिका बावजुद उल्लेखनिय नमुना काम गर्न सफल भएको पचालझरना गाउँ पालिका हो । जहाँ सबै सरोकारवाला निकायहरुमा गाउँ पालिकाको विकास निर्माणका लागि हातेमाले गरेर जाने कुरामा सत्ता पक्ष तथा प्रतिपक्षबाट कुनै पनि अबरोध हुने गरेको छैन । गाउँ पालिकामा विद्यार्थि राजनैतिक पृष्ठभुमिका साथै जनयुद्धमा लामो समय राजनैतिक तथा सैन्य क्षेत्रमा क्रियासिल भइ आउनु भएका गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल(विश्वप्रकास) र वाल्यकाल देखि जनयुद्धमा सहभागि हसंदै विभिन्न क्षेत्रका क्रियासिल हुन भएकि महिलाको सक्षम नेतृत्व गर्नु भएकी उपाध्याक्ष तारा न्यौपाने(साधना) र प्रत्येक वडाका अध्यक्षहरुमा पनि परिपक्वता हुनुले गाउँ पालिकामा कुनै पनि अन्तरविरोध विना अगाडी बढेको छ ।


गाउँ पालिकामा प्रतिपक्षका वडा अध्यक्ष बृषलाल आचार्यले पचालझरना गाउँ पालिकामा “सम्बृद्ध पचालझरना हाम्रो चाहाना” भन्ने मुलनारामा सबै अडिक भएर सहमति सहकार्यमा अगाडी बढेको बताउनु हुन्छ ।
पचालझरना गाउँ पालिकामा १सय ६६.९२ वर्ग कि.मि.क्षेत्रफल रहेको छ । यसको छिमेकी जिल्ला बाजुरा,पलांता गाउँ पालिका र रास्कोट,खांडाचक्र नगरपालिका रहेका छन । समुद्रि सतह भन्दा ९७० उचाई देखि माथिल्लो पुगमालिका र चुलिमालिका सम्म ५००० मिटर उचाई रहेको क्षेत्र हो ।

कर्णालि करिडोर संग जोडिएकाले भोलिको रारा तथा मानवसरोबरको मुख्य द्धारका रुपमा पचालझरना हुने कुरामा दुई मत छैन । धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जिल्लाको मुख्य केन्द्रविन्दु रहेको पचालझरना गाउँ पालिकाले संरक्षण तथा प्रवद्धन गर्न लागिएको छ ।


                                                                     पचालझरना गाउँ पालिकाले गरेको १६ नमुना कामहरु
१.स्थानिय उत्पादित खाद्यन्न राहत प्रदान :
कोरोना भाइरसका कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा गरिव परिवारका असाहयहरुलाई पचालझरना गाउँ पालिकाले स्थानिय उत्पादित खाद्यन्न (मकै) खरिद गरेर वितरण गरेको छ । जिल्ला भर बाह्य खाद्यन्न (चामल) वितरण गरेको अवस्थामा पचालझरना गाउँ पालिकाले अरुको भन्दा भिन्न पहिचान कायम गरेको छ । गाउँ पालिकामा रहेको १सय ६९ जना विपन्न परिवारलाई ३ हजार२ सय ७३ पाथि मकै वितरण गरिएको पचालझरना गाउँ पालिकाले जनाएको छ ।त्यसै गरी कोरोना भाइरस रोकथामका लागि स्थानिय राजनैतिक दल संग समन्वय गरी सर्वदलिय बैठक समेत गरेर सरकार र पार्टी विच हातेमालोका साथ पचालझरना गाउँ पालिकामा अगाडी बढेको छ ।
२.विपन्न परिवार आवास निर्माण :
गाउँ पालिकामा घर जग्गा नभएका घरबार विहिन भइ अर्काको शरणमा रहेका परिवारलाई घर निर्माण गर्न शुरु गरेको छ । प्रत्येक वर्ष एक घर निर्माण गर्ने योजनाका साथ अगाडी बढेको पचालझरना गाउँ पालिकामा हाल सम्म १८ वटा घर निर्माण भइसकेका छन भने वडा न. १ र ६मा शुरुवात भएको छ । यस कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढ्ने योजना बनाएको छ ।
३. स्वस्थ्य सेवामा पहुंच :
संघिय सरकारले एक पालिका एक स्वस्थ्य संस्था भन्ने मुल नाराका साथ १५ सैयाको अस्पतालको डिपिआर भइसकेको छ भने तत्काल पहल गर्ने तयारी गरिएको छ । अस्पताल निर्माण गर्ने नितिलाई आर्थिक वर्ष २०७७र२०७८मा सम्पन्न गर्ने पचालझरना गाउँ पालिकाले लक्ष्य लिएको छ । त्यसका साथै पचालझरना गाउँ पालिकामा रहेका साविकका तिन वटा (बदालकोट,राम्नाकोट र नानिकोट)गाविसहरुमा रहेका स्वस्थ्य चौकी बाहेक भौगोलिक विभाजन अनुसार अहिलेका वडाहरुमा स्वास्थ्य इकाइ स्थापना गर्ने योजना अनुसार सम्पन्न भएका छन । भवन निर्माण सहित १ वडा एक स्वास्थ्य चौकी विस्तार गरि सेवा विस्तार गरीएको छ । जस्मा वडा न. २,३,५,५,८ र ९मा भवन निर्माण भई स्वस्थ्यकर्मिहरुको व्यवस्थापन गरी सबै नागरिकहरुलाई स्वस्थ्यमा पहुंच कायम गरेको छ । स्वस्थ्यकर्मिहरुको आवास निर्माणाधिन रहेका बताइएको छ ।
४.खरको छाना मुक्त गाउँ पालिका :
पचालझरना गाउँ पालिकामा रहेका खरको छाना भएका घरलाई खर मुक्त बनाउने महत्वपूर्ण योजना बनाएको छ । गाउँ पालिकामा रहेका २ हजार ३ सय घर धुरी मध्ये १ हजार ६ सय घरधुरी खरले छाएका छन । तिनि घरहरुमा जस्ता पाताले छाउने बताइएको छ । खरको छाना भएका घरहरुमा पानि परेको बेला चुहिने,हावाहुरीका कारण खर उडाएर लिने समस्याबाट समुदायलाई सहज हुने छ त्यसका साथै विपन्न परिवारहरुले जस्तापाता खरिद गर्न नसक्ने समस्या पनि हल हुने भएको छ । अहिले सम्म वडा न.४का १८ घरहरु जस्ता पाताले छाइसेका छन । वडा न. १ र ६मा घरपरिवार छनोट भएर काम शुरु हुन थालेको छ । गाउँ पालिका भरीका समुदायहरुमा यस कार्यक्रमलाई विस्तार गरिने पचालझरना गाउँ पालिकाले जनाएको छ । पचालझरना २ भौनेका विरेन्द्र ऐडीले पचालझरना गाउँ पालिकाको जस्ता पाता सहयोगमा घर निर्माण गर्न पाउँदा खुशि भएको बताउनु भएको छ । वहांले बल्ल गाउँमा सिंहदरवार आएको महसुस भएको समेत बताउनु भएको छ ।
५.भेडा बाख्रा कृषकलाई गुवालो भत्ता :
पचालझरना गाउँ पालिकामा वडा न. १ देखि ५ सम्म अत्याधिक मात्रामा बन जंगल भएको क्षेत्र हो भने वडा न. ६ देखि ९ सम्मको (साविकको नानिकोट) माथिल्लो क्षेत्रमा बनजंगल रहेको क्षेत्र हो । पशुपालनका लागि प्रचुर सम्भावना भएको गाउँ पालिका हो । यहाँका अधिकांस समुदायहरुले भेडा,बाख्रा,भैसी पालन गर्दै आएका छन । ति किसानहरुलाई राहत पुग्ने र पशुपालनमा आकर्षण बढाउनका लागि पचालझरना गाउँ पालिकाले देशभर कुनै पनि ठाउँमा लागु नभएको भेडा बाख्रा पालक किसानलाई मासिक रुपमा भत्ता दिन शुरु गरेको छ ।मासिक रुपमा पशुपालक गुवालोलाइ खाजा नास्ताका रुपमा भएपनि भत्ताको व्यवस्था गरिएको छ ।खाजा नास्ता वापत रकम(भत्ता) पाउनका लागि ६० भेडा तथा बाख्रा पाल्नेलाई १००० र १०० भन्दा माथि भेडा बाख्रा पालन गर्ने किसानलाई मासिक २ हजार भत्ता दिन थालिएको छ । जस्मा अहिले सम्म ५० जना किसानलाई भत्ता दिन शुरु भएको गरिएको छ ।जस्मा १०० बढि भेडा बाख्रा पालन गर्नेको संख्या ९ जना रहेको छ भने ६० भन्दा काम पालन गर्नेको सख्या ४१ जना रहेको बताइएको छ ।

६.पर्यटन प्रवद्धन कार्यक्रम :
नेपालको अग्लो पचालझरना रहेको यस गाउँ पालिकामा थुप्रै धार्मिक तथा सांस्कृतिक पर्यटकिय क्षेत्रहरु रहेका छन । ति पर्यटकिय क्षेत्रको प्रवद्धन तथा संरक्षणका लागि गाउँ पालिकाले आर्थिक वर्ष २०७६।२०७७मा विशेष गाउँ सभा गरी संरक्षणका लागि विशेष योजना बनाएको छ । विशेष गाउँ सभाबाट पचालझरना,बयलझरना,बेडुलिझरना,नौमुले,चुलि,पुग, डङ्सीले, त्रिवेणी, बड्डादुन, पङ्गेली चउर, भारपाटा, कन्चुलि, बड्डापोग्रा, छेडाताल, जलकुण्डमन्दिर, बड्डाकोट दरवार, काफलडांडा,उनिकोट दरवार, दैतको तड्यो काटे,पागरपानि, घट्टे गुफा, पञ्चदेवल, पचालोको घोडो,धनुषवाण ढुंगा,फुक छहरी लगाएतका रहेको उल्लेख गरिएको छ । त्यसका साथै ति क्षेत्रको प्रवद्धन गर्ने र पचालझरनाको फेदी सम्मको रेलीङ सहितको पद मार्ग निर्माण,पचालझरनाको भुराबगरमा शहिद पार्क निर्माण गरिएको छ ।पचालझरनालाइ विश्वभर स्थापित गर्न पर्यटन बोर्डमा सुचिकृत गरी पर्यटन भ्रमण वर्ष २०२० को गन्तव्य क्षेत्रका लागि ६२ औं स्थानमा पचालझरनालाई पार्न सफल भएको छ भने उक्त झरनाकोे भिडियो डकुमेन्टि सम्पन्न भएको छ । उक्त पर्यटन सम्बन्धिका विभिन्न क्रियाकलापहरुले गर्दा आन्तरिक तथा बाह्य पर्यटनहरुको आकर्षण बन्न शुरु भएको छ । पर्यटन प्रवद्धनका लागि पाहुनाहरुको उचित बास व्यवस्थापनका लागि (होम स्टे)पाहुना घर निर्माण सम्पन्न भएको छ ।
७.जलविद्युत उत्पादन र वितरण :
पचाझरना गाउँ पालिकाको वडा न. ४को लाफागाड खोलाबाट ८५ वाट क्षमता भएको तल्लो लाफागाड साना जलविद्युत आयोजना संचालन गरी बैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोगमा जलविद्युत उत्पादन गरी वडा न ५,६,७ र९मा लाइन विस्तारको काम भएको छ भने गाउँ पालिकाको केन्द्र रहेको जारकोट लगाएतका गाउँमा २४ घण्टा विद्युत सुचारु भएको छ । अहिले वडा न. २को भौने,वडा न. ३को खार्दु,वडा न. ४को राम्नाकोट, वडा न. ८को मयमा विद्युत सुचारु भएको छ । चालु वर्ष भित्र बांकी वडाहरुमा विद्युत विस्तार गर्ने लक्ष्य लिएको छ । उक्त विद्युतबाट समुदायहरुले स साना घरेलु उद्योग संचालन ल्याउन सफल भएका छ । माथिल्लो लाफागाड जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।
८. शिक्षामा बुहआयमिक सुधार :
पचालझरना गाउँ पालिकामा एक वडा एक माध्यमिक विद्यालय,प्रत्येक टोलमा वाल विकास केन्द्र निर्माण,अनौपचारिक शिक्षा संचालन गरी गाउँ पालिकालाई पूर्ण साक्षर बनाउने,परिक्षा प्रणालिलाई एक रुपतामा ल्याउनका लागि कक्षा ८को परिक्षा पालिका स्तरिय अन्तर विद्यालय परिक्षा केन्द्र तोकी परिक्षा संचालन गरिएको निर्माण सम्पन्न गरिएको छ । शिक्षालाई व्यवहारिक तथा आधुनिक तर्फ उन्मुख गराउनका लागि सरस्वति मावि भिटामा कम्पयुटर प्राविधिक शिक्षा र ज्ञानोदय मावि राम्नाकोटमा कृषि प्राविधिक शिक्षालयको शुरुवात भएको छ । यहांबाट उत्पादित जनशक्तिलाई गाउँ पालिका भित्र रोजगारको ग्यारेन्टि गरिने भएको छ । भौतिक पूर्वाधारका अभाव भएका विद्यालयहरुमा उचित व्यवस्थापन गरी स्रोत साधन सहित कम्प्युटर शिक्षाका लागि व्यवस्थापन गरिएको छ । प्रत्येक विद्यालयमा बायोमेट्रिक हाजिरी प्रणालि शुरुवात भएको छ भने प्रत्यक्ष अनुगमन गर्नका लागि गाउँ पालिकाबाट अटोमेसिन विधिबाट पालिकामा बसेर विद्यालयको निरिक्षणको शुरुवात भएको छ । शैक्षिक क्यालेण्डर निर्माण गरी सोही अनुसार अगाडी बढ्ने गरिएको छ । गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलले पचालझरनामा शिक्षा र स्वस्थ्यमा केही सुधार गर्ने योजना आफुले अगाडी बढाउने बताउनु भएको छ । शिक्षा शाखाले विद्यालय मर्जरका लागि पनि पहल चालेको छ । शिक्षामा गुणस्तर कायम गर्न राज्यको निति अनुसार मर्जरको अभियान थालनि भएको छ ।
९.एक घर एक धारा निर्माण :
पचालझरना गाउँ पालिकाका समुदायहरुलाई स्वच्छ खानेपानि पुगाउनका लागि एक घर एक धारा निर्माण गरी मिटर जडान गर्न थालिएको छ ।रोग भोग र खडेरीले आक्रान्त बनेको पचालझरनाका समुदायले विगतमा लामो दुरीको बाटो हिडेर, लामो समय खानेपानिका लागि लाइन लागेर बस्नु पर्ने बाध्यताबाट मुक्त गर्न खानेपानिलाई व्यवस्थित गर्न लागिएको हो ।गाउँ पालिकाका वडा न. २,४,६,७ र ९मा गाउँ पालिकाको बजेट र अन्य वडाहरुमा कर्णालि प्रदेश सरकार द्धारा मिटर सहितका एक घर एक धारा निर्माणको काम थालनि भएको छ । चालु आर्थिक वर्ष र आगामी २०७७।०७८मा पालिकाका सबै नागरिकहरुमा स्वच्छ खाने पानि पुगाउने योजनाका साथ तिन वर्षे रणनिति बनाइएर स्वच्छ खानेपानिमा समुदायको पहुंच पुगाउने लक्ष्य राखिएको छ ।
१०.यातायात संचालन र सडकको स्तरन्नोति :
पचालझरना गाउँ पालिकाका अधिकांस वडाहरुमा सडक विस्तार सम्पन्न भएको छ ।वडा न. ३ र ५मा नजिक सम्म सडकको काम भैरहेको छ । यस आर्थिक वर्ष २०७६।०७७ भित्र बाँकी रहेका सबै वडाहरुमा सडकको पहुंच पुगाउन लक डाउन अवधिभर काम धमाधम भइरहेको छ । गाउँ पालिकाले सडक विस्तार भएका क्षेत्रमा व्यवस्थित गरी स्तरन्नोति काम गर्ने र यातायातका साधन संचालन गर्ने तयारी गरिएको छ ।
११.गाउँ पालिकाको पहिचान कायम :
गाउँ पालिकाले स्थानिय सरकार संचालन गर्नका लागि बनाएको ऐन अन्तरगत पचालझरना लाई विश्वभर चिनाउनका लागि कर्णालि प्रदेश अवस्थित बनाइ, विश्वको लोपन्मुख जंगलि जनावर रेडपाण्डा(हाब्रे),चुलि र पुग हिमालका र पचालझरना संलग्न गरिएको लोगो सहितको पहिचान कायम गरी दैनिक प्रशासनिक काम कार्वाहीमा संचालनमा ल्याइएको छ । यसले गर्दा स्थानिय सरकारको छुट्टै पहिचान कायम भएको छ । प्रकृति श्रोत र साधनको उचित प्रयोग गरी स्थानिय तहको अपनत्व कायम गराएको छ ।
१२.कोरोना कोष व्यवस्थापन :
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको संकेत नेपालमा देखिन थालेपछि सबै भन्दा पहिला पचालझरना गाउँ पालिकाले कार्यपालिका बैठक बोलाई २५ लाख कोरोना कोषको व्यवस्थापनको शुरुवात गर्ने पचालझरना गाउँ पालिका हो । त्यसै गरी कोरोना रोकथामका लागि गाउँ पालिका क्रियासिल राजनैतिक दलहरुलाई बैठक बोलाई कोरोना विरुद्ध एक भएर हातोमालो गरेर जाने प्रतिवद्धता गराउन सफल भएको छ । गाउँ पालिकाका सबै वडाहरुमा पहिलो चरणमा नेपाल भित्र रहेका नागरिकहरुको विवरण निकालेको गाउँ पालिकालो भारत लगाएत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरी पहिलो पटक क्वारेन्टाइनमा राख्न शुरु गरेको छ । कोरोना रोकथामका समयमा जनप्रतिनिधहरुले प्रत्येक वडामा गएर सरसफाइ सामाग्रिहरु साबुन,मास्कका साथै चेतना मुलक काम गरेका छन भने गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेबाट व्यक्तिगत लगानिमा प्रत्येक विद्यालयमा गएर मास्क वितरण गर्नु भएको छ । त्यसका साथै क्वारेन्टाइनमा गाउँ पालिका अध्यक्ष र उपाध्याक्षको उपस्थितिमा छलफल तथा समस्याको समाधानका लागि अग्रसरता दिइएको छ ।
१३.जनयुद्धका शहिदको सम्मान :
नेपालमा चलेको जनयुद्धका शहिदहरुको सम्झनामा वडा न. ४मा शहिद गेठ र वडा न. ९को भुराबगर र वडा न. ३को खार्दुको पचालझरना दृष्यावलोकन गर्ने स्थानमा शहिद स्मृति पार्कमा स्तम्भ निर्माण गरी सम्मान गरिएको छ । पचालझरना गाउँ पालिका रहेका जम्मा ४७ जना शहिदहरुको सम्झानामा स्तम्भमा समाबेश गरिने भएको छ । जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुको उपचार तथा राहतको व्यवस्थापन गरेको छ ।
१४.सासु भत्ता घरदैलो व्यवस्थापन :
प्रत्येक वडामा जेष्ठनागरिकहरुलाइ घरमा गएर जेष्ठनागरिकहरुको स्वस्थ्य अवस्थाका बारेमा स्वस्थ्य परिक्षण गर्नुका साथै छोरा छोरीलाई नियमित विद्यालय पठाउने गरेको अभिभावकलाई सामाजिक सुरक्षा र वाल पोषण वापतको रकम घरदैलोमा गएर जनप्रतिनिधि सहितको उपस्थितिमा प्रदान गर्ने गरिएको छ । तोकिएको समयमा प्रत्येक चौमासिकमा सासु भत्ता प्रदान गरिनुले जेष्ठ नागरिकहरुमा स्थानिय सरकारबाट खुशि भएका छन । परम्परागत रुपमा जरा गाडेको छाउपडि र छुवाछुत प्रथा हटाउन वडा स्तरमा विविध चेतना मुलक कार्यक्रम गर्दै आएको छ । अहिले स्थानिय स्तरमा सरकार हुनु त पचालझरनाको जस्तो हुनु पर्छ भन्ने आवाज उठ्न थालेको छ ।
आगामी कार्यक्रम :
१५.युवा श्रम केन्द्र गठन र परिचालन :
पचालझरना गाउँ पालिकाले कोरोनाका समयमा भारत लगाएतका देशमा गएका भित्रिएका र गाउँमा तमाम युवाहरु बेरोजगार भएकाले स्वरोजगार गर्न र पालिकाको विकासलाई गुणात्मक बनाउनका लागि प्रत्येक वडामा १ सयको हाराहारीमा युवाहरुको समुह युवा श्रमकेन्द्र गठन गरी व्यापक रुपमा परिचालन गर्ने योजना अगाडी बढाएको छ । सैन्य संरचना जस्तै प्रत्येक वडामा बटालिएन र गाउँ पािलकामा विग्रेड स्तरको १००० जनाको युवा श्रम केन्द्र बनाउन कार्यविविधि समेत सम्पन्न गरीएको छ । सो युवा श्रम केन्द्र मार्फत गाउँ पालिकाका सम्पूर्ण विकास निर्माण तथा कृषि उत्पादनका काममा परिचालन गरी रोजगारीको अवसर दिन लक्ष्य लिएको छ ।
१६.पचालझरनामा स्मार्ट पुल निर्माण गर्ने :
पचालझरना गाउँ पालिकाल नेपालको महत्वपूर्ण पर्यटकिय क्षेत्रका रुपमा रहेको अग्लो पचालझरनाको फेदीमा स्मार्ट पुल निर्माण गर्न लागिएको छ । आगामी वर्ष सम्म शुरुवात गर्न लागिएको उक्त पुल सबै भन्दा लामो र पचालझरनामा पुगेर सिधै अवलोकन गर्न सकिने भएको छ । त्यहाँ भएका बन्युजन्तुको संरक्षणका लागि पनि विशेष योजनाको तयारीमा रहेको छ पचालझरना । पचालझरना आसपासमा रेडपाण्डा,रतुवा,झारल, बाघ,भालु,डाँफे लगाएतका बन्यजन्तु तथा चराचुरुगिंहरुको संरक्षण,सम्बद्धन गर्न लागिएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।


पचालझरना गाउँ पालिकालाइ समस्या मुक्त गाउँ पालिका कसरी बनाउन सकिन्छ भन्ने बारेमा सबै सरोकारवाला निकायहरुको सुझाव सल्लाहमा अगाडी बढ्दै विकासमा सम्बृद्धि ल्याउने र सुचनाको हक कार्यन्वयन गर्दै नमुना प्रेस मैत्रि गाउँ पालिका बनाउने अध्यक्ष सेजुवालले बताउनु भयो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित