साउदीको कमाइ भन्दा गाउँमा आम्दानि बढि हुन्छ–अटो चालक शाही

7
SHARES
15
VIEWS

कालीकोट । पांच वर्ष साउदी बसेर घर फर्किएको ३ महिना भित्र अटो चलाउन शुरु गरेका खांडाचक्रका महेश गाउँमा राम्रो कमाई हुने गरेको बताउछन । उनले २०६८ सालमा प्राविधिक सिप विकास तालिम लिएर साउदी हुइकिएर पांच वर्षमा कमाएको रकमले गाउँमा घर बनाउनुका साथै सुर्खेतमा जमिन घडेरी लिन सफल भएका थिए ।

सदरमुकाम भन्दा नजिक पर्ने साविकको दाहाँ गाविसका महेश शाहीले खांडाचक्र नगरपालिकाको मोल्फा बजार देखि सदरमुकाम मान्ममा आवत जावतका लागि अटोरिक्सा चलाउने योजना बुने । उनले ६ लाख नगद भुक्तानि गरेर अटो ल्याएर दाहाँको मोल्फा बजार देखि मान्म बजारमा आवत जावत गरेपछि स्थानियलाई सहजता पैदा भयो ।

सोही समयमा एक दिन १० देखि १२ चक्कर लगाएर एक दिन ९ हजार देखि १२ हजारको कमाइ गरेको बताए । आफुले अटो चलाउन शुरु गरेपछि गाउँका युवाहरुले पनि आंट गरेर अटो ल्याउन थाले आफुले अटोको कमाइले लागेको ८/९ लाख ऋण तिर्न सफल भएको बताए । अहिले गाउँमा १० वटा अटो चलाउन शुरु भएको शाहीको भनाई रहेको छ ।

अहिले पहिलेको जस्तो कमाइ त छैन तर पनि अटो मर्मत र तेल खर्च कटाएर मासिक ६० हजार सम्म कमाई हुने गरेको बताए । कहिले काही मान्छे पाएपछि कमाई हुने गरेको शाहीको भनाई रहेको छ । गाउँमा केही गर्न मन भएपनि आम्दानिका लागि साउदी गएर विद्युतिय काममा कडा श्रम गरेर कमाइ गर्नु भन्दा गाउँमा केही गरौं र जिविको पार्जन गर्नका लागि सानो व्यवसाय शुरु गरेको बताए ।


पछिल्लो समयमा युवाहरुमा विदेशको श्रम भन्दा गाउँमा केही न केही व्यवसाय गरेर आत्मनिर्भर बन्ने तर्फ उन्मुख हुनथाल्नु भनेको आत्मनिर्भर बन्नु हो ।


अहिलेको स सानो कमाइ भएपनि गाउँमा कृषि फर्म संचालन गरेर व्यवसायिक बन्ने सोच भएका महेश शाहीले अटो चलाउन थाले संगै सदरमुकाम मान्म बजारमा व्यापक मात्रमा अटो संचालनमा आएका छन । पछिल्लो समयमा युवाहरुमा विदेशको श्रम भन्दा गाउँमा केही न केही व्यवसाय गरेर आत्मनिर्भर बन्ने तर्फ उन्मुख हुन थालेको बताइएको छ ।

कक्षा १२ पास गरेका शाहीले गाउँमा केही रोजगारी हुने नदेखे पछि विद्युत संबन्धि प्राविधि तर्फको १५ महिना काठमाडौंमा तालिम लिएर साउदी इलेक्सिटी कम्पनिमा मासिक एक हजार ४ सय रियालमा काम गर्ने र अन्य समयमा ओभर टाइम गरे महिनामा बढिमा ५० हजार देखि एक लाख सम्म कमाइ गरेको बताए । अण्डरग्राउण्डमा काम गर्नु पर्ने कडा श्रमका बाबजुद कष्टकर जिन्दगि भन्दा घरको सुरक्षा र कमाई गर्न अटो पेशा रोजेका बताए ।


साउदीको कमाईले गाउँमा घर, सुर्खेतमा घडरी र गाउँ नजिकको मोल्फा बजारमा घर बनाएको र आउने दिनमा कुनै निकायको सहयोग पाएमा पशुपालन फर्मममा संचालनको तयारीमा रहेको शाहीको भनाई रहेको छ ।


धेरै अटो भएका कारण कमाई न्युन हुन थालेकाले पशुपालनमा सोच रहेको शाहीको भनाई रहेको छ । अधिकांस युवाहरु विदेशबाट कमाएका रकम गाउमा ऋण बुझाउन ठिक्क हुने र बांकी रहेको रकम मोजमस्तिमा जाने गरेको भएपनि अधिकांस युवाहरुले भने धनसम्पति जोड्न सफल हुनुका साथै व्यवसायि बन्न अग्रसर हुन थालेको बताइएको छ ।

कालीकोट जिल्लाका अधिकांस युवाहरुको विदेशको कमाईले फजुल खर्च गर्ने र उत्पादनमा भन्दा पनि धनसम्पति जोड्नमा जिल्ला बाहिर जाने गरेको पाइएको भएपनि खाडी मुलुक गएका युवाहरु घर फर्के पछि कमै मात्र युवाले कुखुरा फर्म, फर्निचर, कृषि तथा पशुपालन फर्म संचालन गर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित