एमाले बैठकमा वामदेवले केपी ओलीको लागि छुट्टै विधान बनाउन भने पछि…………….

7
SHARES
15
VIEWS

काठमाडौँ। नेकपा एमाले बैठकमा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी ओलीका लागि छुट्टै विधान बनाउन भने पछि नयां तरंग पैदा भएको छ । माधव नेपाल समूहको उपस्थिति विना अघि बढ्न खोजिएको भन्दै स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले आपत्ति जनाएका हुन ।

उनले स्थायी कमिटी बैठकमा एउटा पक्षलाई बाहिर राखेर कुनै पनि निर्णय आधिकारीक नहुने बताउदै कि त कारबाही गरेर हटाइदिनु पर्यो हैन भने पार्टीमा एकरुपताका साथ अघि बढ्ने वातावरण बनाउन आग्रह समेत गरेका छन ।गौतमले अगाडी भने नेतृत्वले मिलाउन नसक्नु पर्ने के कारण छ । त्यसका लागि सबैले आ आफ्नो ठाउँमा दत्त चित्त भएर कमि कमजोरीलाई हटाउदै अघि बढ्न आग्रह गरेका हुन ।
सोही क्रममा ओलीले उहाँहरूलाई आउन कसले छेकेको छ भनेपछि गौतमले तुरुन्तै तपाइले छेकको हो, यसमा तपाई कै भूमिका छ भनेर जवाफ फर्काएका थिए । ‘आजको स्थायी कमिटी बैठकमा वामदेव गौतमले ओलीको भूमिकाको विषयलाई लिएर प्रश्न गरेका छन् जुन जायज थियो’, स्थायी कमिटी बैठकमा सहभागी नेताहरुको भनार्इृ रहेको छ । ले भने ।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालप्रति टिप्पणी गदै प्रचण्डसँग मिलेर देउवालाई प्रधानमन्त्री बनाएको र त्यसले पार्टीलाई समेत ध्वस्त बनाएको आरोप लगाउन थालेपछि उपाध्यक्ष गौतमले अध्यक्ष ओलीको अभिव्यक्तिमा प्रतिवाद गरेका थिए ।

स्थायि समिति बैठकमा उपाध्यक्ष बामदेव गौतमले जे मन लाग्छ त्यहि गर्ने हो भने अध्यक्ष ओलि तर्फ संकेत गर्दै तपाईका लागि छुट्टै र समग्र पार्टीका लागि अलग विधान जरुरी भएको अभिव्यक्ति दिनु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित