कुनै पनि बहानामा कांग्रेसको महाधिवेशन सार्नु हुन्न — काङ्ग्रेस नेता शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले लोकतान्त्रिक मुल्य मान्यता, पद्दति, सस्कार बोकेको पार्टीको महाधिवेशन कुन हालतमा नरोक्न अनुरोध गर्नु भएको छ ।

आज एक स्टाटस लेख्दै युवा नेता शाहीले अहिलेको अवस्थामा ठुलो जिम्मेवारी नेपालि कांग्रेस माथि आएकाले लोकतन्त्रको उपहास हुने गरी १४ औं महाधिवेशन रोक्न नहुने बताउनु भएको हो । वहाँले स्थानिय चुनाब, प्रदेस र सङ्घिय निर्बाचन गर्ने जिम्मेवारि पनि अहिले काङ्ग्रेसकै काधमा छ।

रास्ट्रीय चुनाब गर्ने दायित्व बोकेको काङ्ग्रेसले आफ्नै महाधिवेशन गर्न असक्षम भयो भने यो भन्दा लोकतन्त्र को उपहास अरु के नै होला र ? भन्ने प्रश्न गर्दै निर्धारित मितिमा महाधिवेशन गर्न नसक्नु भनेको निकै नै गम्भिर बिसय हुने बताउनु भएको छ ।

नेता शाहीले काङ्ग्रेस जस्तो लामो इतिहास भयको र लोकतान्त्रिक मुल्य मान्यताको बिरासत बोकेको पार्टिलाइ यो अबस्था सम्ममा पुर्याउने को हो ? कस्ले जिम्मा लिने हो ? कसको जिम्मेवरी हो ? भन्ने तमाम प्रश्नको सम्बन्धित पक्षले गम्भिरताका साथ सोच्न जरुरी भएको उल्लेख गर्नु भएको छ।
कुनै पनि बहानामा महाधिवेशन नसारियोस, समय सिमा भित्रै महाधिवेशनको कार्यतालीका सार्बजनिक गर्न जोडदार माग गर्नु भएको छ ।

कालीकोट जिल्ला घर भएका नेता शाहीले यस अघि १४ औं महाधिवेशनमा सहमहामन्त्रिका लागि दोविदारी दिने घोषणा गरिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित